नेपालगन्ज १४ कार्तिक : ‘यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धारयात्रा अन्तर्गत बाँकेबाट पाँच जना सहयोगापेक्षीको उद्धार भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१८ बाट दुई, कोहलपुर नगरपालिका–११ बाट एक, जानकी गाउँपालिका–६ बाट एक र बैजनाथ गाउँपालिका–१ बाट एक जना गरी पाँच सडक मानवहरूको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
गत असोज २८ गते झापाको मेचीनगरबाट सुरु भएको यात्रा यहाँ आइपुग्दासम्म एक सय ३९ जना सडकआश्रित मानवको उद्धार भएको छ । उद्धार गरिएकामा एक सय छ पुरुष र ३३ जना महिला छन् ।
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?
एनपिएल : लुम्बिनी लायन्सको अविजित यात्रामा ब्रेक लाग्यो, काठमाडौं गोर्खाज् दोस्रो स्थानमा
वाफ रे! १८ करोडमा पार्टी किनेको कुरा छ… : शेरबहादुर देउवा
दाङका गाेकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा अनुमोदन
नेपाल फेस्टिभलमा अष्ट्रेलियाका प्रधानमन्त्री, नेपालीसँग अन्तरंग