नेपालगन्ज ३० कार्तिक : नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखाले आफ्नै भवनमा रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । उपशाखाको २० आंै सभाको अवसर पारेर आफ्नै भवनमा रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको सभापती दिनेश सिग्देलले जानकारी दिए ।
रक्त सञ्चार केन्द्रको कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा कार्यवाहाक नगर प्रमुख संगिता सुबेदीले शुक्रवार उद्घाटन गरेकी छिन् । २० औं शाखा सभा तथा रक्त सञ्चार केन्द्रको उद्घाटन पछि बोल्दै सुबेदी रेडक्रस कोहलपुरले उत्कृष्ट काम गर्दै आएको बताईन ।
उनले मानवीय सेवाका क्षेत्रका नगरपालिका रेडक्रससँग सधैं सहकार्य गर्दै आगाडी बढ्ने प्रतिवद्धता समेत जनाईन ।
कोहलपुर नगरपालिकाले समेत बिपन्न महिला र बालबालिकालाई कुनै पनि शुःल्क नलिई रगत उपलब्ध गराउने नीति लिएकाले सोका लागी रेडक्रससंग सहकार्य गर्ने उनको भनाई थियो ।
रक्त सञ्चार केन्द्र सञ्चालनका लागी समेत कोहलपुर नगरपालिकाले पुर्वाधार निर्माणका लागी झण्डै २५ लाख सहयोग गरेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै उपशाखाका पुर्व सभापति नारायण गौडेलले मानवीय सेवामा कोहलपुर उपशाखा सधैँ अगाडी रहेको बताए ।
२० औं शाखा सभामा सचिव सञ्जय कुमार पन्तले आगामी वर्षका लागी प्रस्तावित कार्यक्रम पेश गरेका थिए भने कोषाध्यक्ष बासुदेव उपाध्यायले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
सभामा बोल्दै सभापति दिनेश सिग्देलले आफ्नो कार्यकालमा शाखा अन्र्तगत एक शव वहान र सहुलियत औषधी पसल सञ्चालन गर्ने सोँच रहेको बताए ।
उनले रक्त सञ्चार केन्द्र निर्माणका लागी सहयोग गर्ने कोहलपुर नगरपालिका, कार्यालयका लागी आवस्यक पर्ने हल लागायतका पुर्वाधार निर्माणका लागी सहयोग गर्नेहरुलाई धन्यवाद दिए ।
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?
एमालेले फेरि भन्यो, ‘भदौ २४ इतिहासकै कालो अध्याय’
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल