काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा यात्रा गरिरहेकी महिलामाथि ती युवकहरूले हातपात तथा अभद्र व्यवहार गरेका थिए। उक्त भिडिओ सामाजिक सञ्जालमा पनि भाइरल छ।
घटनापछि पीडितको सूचना तथा उजुरीका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई कात्तिक १९ गते नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९, मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका वडा नं. ३, तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन्।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन्।
१८२ सिट पाएर हामी धेरै मात्तिएका छौं, भुइँमा खुट्टा राखौं जनताले नियालिरहेका छन्
चल्छ कि चल्दैन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल? खर्बौंको लगानी डुब्ने चिन्तामा ब्यवयासी
हुम्लामा सुत्केरी ब्यथाले थलिएकी डिकीलाई लिन पाँच दिनपछि हेलिकाेप्टर
बसभित्र महिलामाथि हातपात गर्ने कञ्चनपुरका तीन युवा पक्राउ
सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन
दाङमा बन्नेछ, योगी नरहरिनाथका नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र