काठमाडौं। निजी पारिवारिक भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह परिवारसहित मुस्ताङ हिँडेका छन्। शुक्रबार उनि कास्की जिल्लाको अस्ताम डाँडामा रहेको अन्नपूर्ण इको भिजेल रिसोर्टमा बास बस्नेछन्।
त्यसपछि शनिबार बिहान उनि नेपाली सेनाको हेलिकोप्टरबाट उपल्लो मुस्ताङसम्म पुग्ने कार्यतालिका छ। सरकारले यो भ्रमणलाई प्रधानमन्त्रीको नितान्त निजी र पारिवारिक भएको बताएको छ। शुक्रबार बिहान काठमाडौंबाट सडक यात्रा हुँदै निस्किएका उनि धादिङ र तनहुँमा पर्ने नेपाली सेनाका ब्यारेकहरूमा छिरेका थिए।
उनि निस्किएपछि काठमाडौंमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको भ्रमण निजी भएको बताए। ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’ उनले भने।
त्यसबाहेक सरकारले उनको भ्रमणको कार्यतालिकासमेत केही सार्वजनिक गरेको छैन। प्रधानमन्त्रीको यो भ्रमणमा स्थानीय प्रशासनलाई समेत जानकारी दिइएको छैन। सुरक्षा व्यवस्थासमेत काठमाडौंकै टोलीले गरिरहेको छ। उनि बसेको रिसोर्टमा सेनाले पहरा दिएको छ।
पोखरा बजार (लेकसाइड) बाट करिब १७ किलोमिटर उत्तर-पश्चिममा रहेको अस्ताम डाँडाको टुप्पोमा रहेको रिसोर्ट पर्यटकहरूको रोजाईको स्थान हो। यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरी हिमशृंखलाका साथै पोखरा उपत्यकाको ३६०-डिग्री दृश्य देखिन्छ। प्रधानमन्त्रीका लागि भनेर शुक्रबार यो रिसोर्टका सबै १५ वटै ठूला साना कोठाहरू बुक गरिएको छ। उनको टोलीमा सहभागीबाहेक अरुले शुक्रबार र शनिबार दिउँसोसम्म यो रिसोर्टमा प्रवेश पाउने छैनन्।
अन्नपूर्ण इको भिलेज पोखरा–बागलुङ राजमार्गको उत्तरतिर अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ मा पर्छ। त्यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु लगायतका हिम हिमशृङ्खला र पोखरा महानगरको हेम्ज क्षेत्र देखिन्छ। डाँडाकाँडा, जङ्गल र गाउँ भएको यो क्षेत्र छोटो पदयात्रामा जानेहरुको रोजाइमा पनि पर्छ।
शनिबार मुस्ताङ पुगेर उनले विभिन्न गुम्बाहरूको अवलोकन गर्नेछन्।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्