मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह

काठमाडौं। विशेष महाधिवेशनपछि अलग मोर्चाबन्दीमा लागेका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले आगामी मंसिर २१ देखि पार्टीको १५ औं महाधिवेशन प्रस्ताव अघि सारेको छ। यो उक्त समूहको महाधिवेशन हुनेछ। 

विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि यो समूह मूल नेतृत्वबाट अलग भएको छ। अदालतमा मुद्दा मामिला गरिरहेको यो समूहका नेता शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले यसअघि गगन थापा नेतृत्वले असोज १६ देखि गर्न थालेको महाधिवेशन रोक्न सर्वोच्चमा रीट हालेको थियो। तर सर्वोच्चले उक्त रीटमा कुनै आदेश दिएन। यसबाट मूल नेतृत्वलाई नियमित १५ औं महाधिवेशन गर्नका लागि बाटो खोलेको छ। 

नेता शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले भने आगामी मंसिर २१ देखि १५ औं महाधिवेशनको तयारी गरेको हो। यो समानान्तर महाधिवेशनका लागि देउवा समूहले कोइरालालाई अघि सारेको हो।

समितिको बुधबारको बैठकमा पेस भएको प्रस्तावमा असोज १५ मा वडा अधिवेशन, असोज २० मा पालिका अधिवेशन आयोजना गरिने उल्लेख छ। 

यस्तै असोज २३ मा प्रदेशसभा निर्वाचन क्षेत्र एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र क्षेत्रीय अधिवेशन, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन गरिने उल्लेख छ।