अझै ‘सभापति’को भ्रममा देउवा


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
अझै ‘सभापति’को भ्रममा देउवा

काठमाडौं। एक महिनाअघि सिङ्गापुरबाट फर्किएका नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका लागि उनका केही समर्थकहरूले चुनदेवीमा नयाँ कार्यालय सजाइदिएका थिए। विमानस्थलमा ‘भव्य’ स्वागत गर्दै उनलाई स्कर्टिङ गरेर चुनदेवी पुर्‍याएका कार्यकर्ताहरूलाई देउवालाई नयाँ कार्यालयमा प्रवेश गराए। अनि उनलाई ‘सभापति’ लेखिएको नेमप्लेट राखिएको टेबुलअघि बसाए। 

योसँगै देउवा यसरी हौसिएका छन् कि अझै पनि उनले आफू नै नेपाली काँग्रेसको ‘सभापति’ भएको भ्रम त्याग्न सकेका छैनन्। यद्यपि पार्टी विधान, निर्वाचन आयोग अनि सर्वाच्च अदालतबाटसमेत उनका सबैजसो बैधानिक बाटाहरू बन्द भइसकेका छन्। अब सर्वोच्चमा बिचाराधीन ‘पुनरावलोकन’ मुद्दाको फैसलामाथि मात्रै झिनो आशा बाँकी छ। 

तर कार्यकर्ताबाट उचालिएका देउवाले भने एकोहोरो त्यही रटान लगाइरहेका छन् ‘सभापति त मै हुँ नि१’ जब उनि पाँच महिनापछि फर्किए उनको ‘कन्फिडेन्ट लेभल’ कत्ति पनि कम भएको छैन। बरु झन् झन् हौसिदैं गइरहेका छन्। यद्यपि उनि फर्किनुभन्दा अघि नै सर्वोच्चलेसमेत गत पुसको अन्तिममा भएको ‘विशेष महाधिवेशन’लाई मान्यता दिइसकेको थियो। जुन निर्णय त्यसअघि नै निर्वाचन आयोगले सुनाइसकेको थियो। त्यसपछि देउवा पक्षीय नेताहरूले फेरि सर्वोच्चको उक्त फैसा पुनरावलोकनको लागि निवेदन दिए अनि अदालतले त्यो रीटलाई पूर्ण इजलासमा लगेको छ। त्यसको पेशी अझै तोकिएको छैन। 

उक्त महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गरेको थियो। तर लगभग एक महिनासम्म देउवा पक्षीय नेताहरूले सानेपास्थिति केन्द्रीय कार्यालय छोड्न मानेका थिएनन्। निर्वाचन आयोगको निर्णयपछिमात्रै उनिहरूले सानेपा छोडेका हुन्। सर्वोच्चको फैसलापछि पूर्णबहादुर खड्काले पनि आफूलाई ‘कार्यबाहक’ भन्न छोडे। देउवा बाहिर जाँदा खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसपछि थापा नेतृत्वकै संस्थापन पक्षले नियमित १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। फेरि देउवाहरू सर्वोच्च गए अनि ‘उक्त महाधिवेशन रोकिपाउँ’ भनेर रीट हाले। सर्वोच्चले त्यसमा पनि आदेश दिएन बरु संस्थापन पक्षले घोषणा गरिसकेको महाधिवेशन रोक्नुपर्ने कुनै कारण नभएको भनेर निर्णय गरिदियो। यद्यपि देउवा पक्षसँग सहमतिको प्रयास गरिरहेको संस्थापन पक्षले महाधिवेशनको कार्यतालिकालाई केही पछाडी धकेलेको छ। नत्र बुधबार ९बिपी जयन्ती०देखि नै काँग्रेसका वडा महाधिवेशनहरू सुरु भइसकेका हुन्थे। अब त्यसलाई असोज ३ गतेदेखि सारिएको छ। योबीचमा देउवाहरूले पनि महाधिवेशनका कार्यतालिका ल्याएका छन्। देउवा पक्षले १५ असोजमा वडा अधिवेशन सुरु गरेर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएका हुन्।

यद्यपि उनिहरूकै समूहमा रहेका पूर्णबहादुर खड्का र शेखर कोइरालालगायतका केही नेताहरूको समूह अहिले संस्थापन पक्षसँग सहमतिको नजिक पुगेका छन् र देउवा समूहबाट अलग भएका छन्। देउवा समूहले नेता डा। सशांक कोइरालालाई महाधिवेशनको संयोजक बनाएर अघि सारेका छन्। 

देउवा र उनिसँग रहेका केही नेताहरूको आत्मविश्वास बढाएको एउटा बाँकी अंश भनेको अब सर्वोच्चले दिएको त्यही ‘निस्सा’मात्रै हो। जसका बारेमा देउवाले बुधबार भक्तपुरमा आयोजित बिपी जयन्ती विशेष एक कार्यक्रममा पनि जिकीर गरे। 

‘पुनरावलोकनबाट नेपाली काँग्रेसकाव आधिकारिकता हामीले पाउनुपर्ने कुरा कुनै पनि हालतमा रोक्ने कोसिस भइरहेको छ। तर हामी मान्दै मान्दैनौं। अब अहिले पनि के गरेर हुन्छ, कसलाई भनेर हुन्छ, कुनै पनि हालतमा रोक्न लागिरहेका छन्’ देउवाले भनेका छन् ‘यिनीहरूले जतिसुकै धाएता पनि सर्वोच्च अदालतको मलाई विश्वास छ, जसरी निष्पक्ष रुपमा हामीलाई निस्सा दिएको छ त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौं भन्ने विश्वास लिएको छु। जति सुकै जे गरे पनि सर्वोच्चले न्याय दिने छ भन्ने विश्वास छ।’ 

देउवाले अझै पनि आफूले त्यो विशेष महाधिवेशनलाई स्वीकार्न सकेका छैनन्। बरु त्यसलाई अवैध र प्रक्रिया नपुर्‍याएर गरिएको अधिवेशन भनिरहेका छन्। 

‘गगन थापाजीले विशेष अधिवेशन बोलाउनुपर्‍यो भन्नुभयो। मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीमा, त्यसका लागि को–को भाग लिने हो उसको सनाखत हुनुपर्‍यो। कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सब चाहियो, सनाखत हुनपर्‍यो, बिना सनाखत गर्न पाइन्छ रु पहिले पनि बोलाइएको थियो । पार्टी सभापति सुवर्ण शमशेर हुँदा बोलाइएको हो। अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन। तिमी बोलाउन पाउँछौं रु मलाई थाहै छैन बोलाइ दिने भन्दा हुन्छ दाइ, विचार गर्छु दाइ भनेर अचानक बोलाइदिए। पहिले सनाखत गराउन सनाखत । त्यो हो कि होइन रु त्यो मेम्बर छ कि छैन पार्टीको रु खल्तीबाट नाम राखेर धमाधम राखिदियो । त्यो विशेष अधिवेशन बोलाए’ उनले भने ‘बोलाएपछि हामीले मुद्दा हाल्यौं निर्वाचन आयोगमा । निर्वाचन आयोगको अध्यक्ष ९प्रमुख० ले ज्यानको खतरा भएकाले भनेको छ । बोलेको छ है हेर्नुस् त्यहाँ । ज्यानको खतरा भएर गर्नुपर्‍यो भनेको उसले बोलेको छ। मैले भनेको होइन, सबैले सुनेको कुरो हो यो । भन्दाखेरि ज्यानको खतरा, त्यत्रो त्रास । सिधा डरायो त्यो निर्वाचन आयोगको प्रमुख।’ 

देउवा सिंगापुरबाट फर्कनुभन्दा अघि सर्वोच्चले ४ वैशाखमै सुनाइसकेको फैसला पुनरावलोकन हुने अनुमति ९निस्सा० दिएको थियो । विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले अनुमोदन गर्ने फैसला पुनरावलोकनको प्रक्रियामा प्रवेश गरेको छ। 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देउवाको निजी निवासमात्रै जलाइएन बरु उनिहरूको दम्पत्तिलाई आन्दोलनकारीले मरणासन्न गरि कुटपिट गरेका थिए। त्यसपछि केही साता सैनिक अस्पतालमा उपचार गराएपछि उनिहरूले डेरामा बसे। र, तत्कालै नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बोलाएर पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएर उनि थप उपचार गराउन भन्दै सिङ्गापुर गए।

त्यसको केही महिनापछि उनि फर्किए। यता विशेष महाधिवेशनबाट गगन थापा सभापति भइसकेका थिए। जेनजी आन्दोलनपछि गठन भएको सरकारले फागुन २१ गते चुनाव घोषणा गरिसकेको थियो। त्यो चुनावमा भाग लिनका लागि गगनले नै टिकट दिन थाले। आफूले चाहेका मान्छेलाई गगनले टिकट नदिएपछि देउवा आफैले चुनाव नलड्ने घोषणा गरे। खड्कालगायत केही नेताहरूले चुनाव नलड्ने घोषणा गरे। त्यो बेला टिकट लगेर चुनाव लडेका केही नेताहरू अहिले फेरि देउवा समूहमै सक्रिय छन्। यद्यपि देउवाले चुनावमा भागै लिएनन्। चुनावभन्दा केही दिन अघि नै उनि फेरि सपरिवार सिङ्गापुर गए। त्यसको पाँच महिनापछिमात्रै उनि एक्लै नेपाल फर्किएका हुन्।