दाङ। नेपाली काँग्रेसको १५ औं महाधिवेशनका प्रारम्भिक चरणअन्तर्गत शनिबारदेखि देशभरिका वडाहरूमा अधिवेशन सुरु भएको छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार साँझसम्म देशभरिका लगभग ६१३२ वडाहरूमा अधिवेशन सकिएका छन्।
यी अधिवेशनबाट नेपाली काँग्रेसको स्थानीय तहमा वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू चुनिएका छन्।
विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वको नेपाली काँग्रेसले नियमित १५ औं महाधिवेशनका कार्यक्रमहरू सुरु गरिरहँदा शेरबहादुर देउवा समूहका केही नेता कार्यकर्ताहरूले भने यो महाधिवेशन बहिष्कार गरेका छन्।
असोज १५ देखि अलग्गै महाधिवेशन घोषणा गरेका उनिहरूले सुरुवातदेखि नै यस्तै समानान्तर गतिविधि गर्दै आएका छन्।
यसैबीच दाङका चार जना पूर्वसभापतिहरूले गगन पक्षको महाधिवेशन बहिष्कार गरेका छन्। निवर्तमान सभापति कृतिबहादुर खड्का, पूर्वसभापति घनश्याम रेग्मी, बिरकेशरी गौतम र गेहेन्द्र गिरीलगायतले यो महाधिवेशन बहिष्कार गरेका हुन्।
उनिहरू देउवा पक्षका सभापतिहरू मानिन्छन्। तीमध्ये गिरीचाहिँ चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए। गगन नेतृत्वले ती महाधिवेशनका केन्द्रीय सदस्यहरूलाई पनि त्यही हैसियत दिए पनि उनि फर्किएनन्। उनका भाई दीपक गिरी भने गगन समूहमै छन्। यिनी शेखर कोइराला पक्षका हुन्। तर कोइराला भने यो महाधिवेशन प्रक्रायमा छैनन्। दीपक गिरी गत फागुनको निर्वाचनमा काँग्रेसकै टिकमा लडेका थिए। तर उनलाई दाङ क्षेत्र नं ३ मा रास्वपाका कमल सुवेदीले पराजित गरे।
उनिसँगै दाङ काँग्रेसको राजनीतिमा अगाडी देखिएका केही नेताहरू पनि यो महाधिवेशनमा सहभागी भएनन्। दाङबाट राष्ट्रियसभा सदस्य भएका वासुदेव जंगली, राप्ती बबई क्याम्पसका अध्यक्ष श्याम रेग्मी, पूर्वसचिव कुमुदराज शर्मा, गोपलराज शर्मा, बद्री खड्का, पूर्ण मल्ल, श्याम विक, युवराज खड्कालगायतका नेताले महाधिवेशन बहिष्कारको पक्षमा छन्।
तर देउवाको एकदमै विश्वासपात्र मानिने लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भने वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चुनिएका छन्। चौधरी दाङमा भएको देउवा समूहको भेलामा पनि सहभागी भएका थिए। नेता योगेन्द्र चौधरी भने विशेष महाधिवेशनबाट सहमहामन्त्री भएका थिए।
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन
‘पुलिस, वकिल र कर्मचारी मिलेर मुद्दा कमजाेर बनाइदिए’
बर्दियाको सडकमा गुडिरहेको इभीमा आगो लाग्यो