काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका उडेका छन्। अघिपछिको जस्तो परम्परा तोड्दै उनि विदेश भ्रमणमा गएका हुन्। प्रधानमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो।
यो भ्रमणमा देश छोड्दा उनले पहिलाको जस्तो तामझाम गरेनन्। सरकारी निवासबाट उनि सुरक्षाकर्मीको स्कर्टिङसहित त्रिभुवन विमानस्थल पुथे। तर त्यहाँ पहिलाको जस्तो कुनै तामझाम थिएन। सलामी थिएन। बिदाई गर्नेहरूको हूल थिएन। उनि सिधै भिआइपी लाउन्जमा पुगे र त्यहाँबाट सिधै जहाज चढे। त्यो पनि ट्रान्जिटमा। उनलाई बिमानस्थलमा गृहमन्त्री सुधन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेलले बिदाई गरेका थिए।
प्रधानमन्त्री कार्यालयका अनुसार उनि मंगलबार साँझ ७ बजे कतार एयरवेजको बिमानबाट उडेका हुन्। कतारमा केही घण्टा ट्रान्जिट हुनेछ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बालेन आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन्।
न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरन लगायतका अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नेछन्। त्यहाँ उनलाईलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र सङ्घका लगि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले ब्रिफिङ गर्नेछन्।
त्यसलगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम छ। असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री शाह असोज १० गते नेपाल आउनेछन्।
अमेरिका उड्नुअघि उनलाई कार्यवाहक प्रधानमन्त्री अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाटै बिदाइ गरेका थिए। त्यसक्रममा वाग्लेले प्रधानमन्त्रीलाई पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ किताब दिएका थिए।
खासगरी भोटेकोशीमा आएको बाढीले नेपालमा ब्यापक जनधनको क्षति पुर्याएपछि नेपाललाई जलवायु न्यायको मुद्दा संसारभरि फैलाउन प्रधानमन्त्री आफै महासभामा भाग लिन जाने निर्णय गरेका हुन्। यो भ्रमणको चाँजोपाँचो मिलाउन परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै अमेरिका पुगिसकेका छन्।
न एयरपोर्टमा सलामी, न बिदाईको हूल, ‘ट्रान्जिट’को जहाजमा अमेरिका उडे प्रधानमन्त्री
कोहलपुरको होटलबाट ४० जना भारतीयसहित ४२ जना पक्राउ
अहिलेलाई जोगियो अम्बिकाको सांसद पद
डोल्पाको गाउँपालिकामा भ्रष्टाचार: प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारसहितलाई अख्तियारको मुद्दा
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?