लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?

नेपालगन्ज। नियमित १५औं महाधिवेशनभन्दा बाहिर रहेको नेपाली काँग्रेसको एउटा समूहले छुट्टै महाधिवेशन गर्नका लागि देशभरिका जिल्लाहरूमा संयोजकहरू तोकेको छ। शेरबहादुर देउवालाई समर्थन गर्ने काँग्रेसको उक्त समितिले असोज १५ देखि वडा अधिवेशनहरू सुरु गर्नेगरी तयारी गरेको छ। 

यो समूहमा पूर्वमहामन्त्री शशांक कोइराला समानान्तर १५ औं महाधिवेशन तयारी समितिको संयोजक छन्। उनले जिल्ला संयोजकहरू तोकेर वडा अधिवेशनहरू सुरु गर्न कार्यकर्ता खटाएका हुन्। उनिहरूले आगामी मंसिर २१ देखि १५ औं महाधिवेशन तोकेका छन्। 

१५ औं महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलका अनुसार अब वडाहरूको अधिवेशन गर्न अन्तिम तयारी भइसकेको छ। यसरी खटाइएका जिल्ला संयोजकहरूले यो समूहमा रहेका नेता कार्यकर्तालाई एक गरेर अधिवेशन गराउन भूमिका खेल्नेछन्। 

संस्थापन पक्षले भने असोज ३ गतेदेखि वडा हुँदै पालिकासम्मको अधिवेशन सुरु गरिसकेको छ। आगामी १६ गतेदेखि काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेगरी १० गते क्षेत्रीय अधिवेशन तोकिएको छ। देउवा समूहले यो महाधिवेशनमा सहभागी नहुन भने पनि सबैजसो जिल्लाहरूमा दुबै समूह प्रतिष्पर्धी भएर अधिवेशनमा होमिएका छन्। 

देउवा समूहको अधिवेशन गर्नका लागि लुम्बिनी प्रदेशका रुकुम पश्चिम र सल्यानमा भने संयोजकहरू तोक्न बाँकी छ। त्यस्तै मधेस प्रदेशका जिल्लाहरूमा पनि अझै संयोजक तोकिएका छैनन्। 

कुइँकेलका अनुसार लुम्बिनी प्रदेशको नवलपरासीमा विकास घिमिरे, रूपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जगतप्रसाद पाण्डेलाई संयोजक तोकिएको छ।  

कुन जिल्लामा को संयोजक?

कोशी प्रदेश (ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी)
पाँचथरमा डेकेन्द्रकुमार तामाङ
झापामा कृष्ण हुमागाईं
संखुवासभामा रामकुमार जिसी
भोजपुमार धर्मराज राई
मोरङमा सुभास पौडेल
खोटाङमा रोजन राई
ओखलढुंगामा वालगोविन्द राजभण्डारी
उदयपुरमा बसन्त बस्नेत।

बागमती प्रदेश (सिन्धुली र काभ्रेमा बाँकी)

दोलखामा ताराकुमार खड्का
रामेछापमा जितबहादुर मगर
रसुवामा उपेन्द्र लम्साल
धादिङमा गोपाल विक
नुवाकोटमा श्रीराम श्रेष्ठ
सिन्धुपाल्चोकमा लालकाजी तामाङ
चितवनमा मिलन श्रेष्ठ
मकवानपुरमा भीम लामा
भक्तपुरमा दुर्लभ थापा
ललितपुरमा सुदर्शन घिमिरे
काठमाडौंमा जयकृष्ण महर्जन।

गण्डकी प्रदेश  (तनहुँ, मुस्ताङ र स्याङ्जामा बाँकी छ)  

गोरखामा भूगोल थापा
लमजुङमा रामकृष्ण कँडेल
कास्कीमा ऋषिराम काफ्ले
मनाङमा नाचोड गुरुङ
पर्वतमा रामकृष्ण मल्ल
म्याग्दीमा हिराबहादुर पुन मगर
बागलुङमा सागर छन्त्याल
नवलपुरमा अशोक बस्ताकोटी।

लुम्बिनी प्रदेश (रुकुम पश्चिम र सल्यानमा संयोजक तोक्न बाँकी)
नवलपरासीमा विकास घिमिरे
रूपन्देहीमा गुनाखर भुर्तेल
कपिलवस्तुमा अब्दुल मन्नान खाँ
पाल्पामा माधव नेपाल
अर्घाखाँचीमा लक्ष्मण पाण्डे
गुल्मीमा वेदबहादुर थापा
रोल्पामा मानबहादुर खत्री
प्यूठानमा ईश्वरीसिंह विष्ट
दाङमा गोपालराज शर्मा
बाँकेमा कृष्ण कार्की
बर्दियामा जगतप्रसाद पाण्डे।

सुदूरपश्चिम प्रदेश (अछाममा बाँकी छ)
बाजुरामा धनराज पण्डित
बझाङमा हर्क जङ्गबहादुर सिंह,
डोटीमा नरेन्द्रबहादुर सिंह
दार्चुलामा सुरेन्द्र अवस्थी
बैतडीमामा वीरबहादुर विष्ट
डडेल्धुरामा डिल्लीराज जोशी
कञ्चनपुरमा पदम बोगटी
कैलालीमा खेमबहादुर डगौरा थारु।

कर्णाली प्रदेश
डोल्पामा देउप्रसाद बुढा
जुम्लामा हेम बुढा थापा
मुगुमा कर्ण रावल
हुम्लामा सूर्यबहादुर शाही
कालिकोटमा मातृका सिंह
जाजरकोटमा राजजंग शाह
दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन)
सुर्खेतमा ललित भट्टराई