नेपालगन्ज। एक्कासी उर्लिएको बुढीगण्डकीले गोरखाका विभिन्न क्षेत्रमा ब्यापक क्षति पुर्याएको छ। गोरखाको चुमनुब्री गाउँपालिका आसपास हुँदै बग्ने यो नदी बिहान ४ बजेदेखि उर्लिएको हो। नदीको सिरानतिर पहिरो खसेर नदी थुनिइ उर्लिएको हुनसक्ने अनुमान गरिए पनि त्यसको कारण भने खुलेको छैन।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन्।
सापकोटाका अनुसार नदीमा पानीको बहाव पटकपटक थुनिने र खुल्ने भइरहेको छ । बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको उनले बताए।
‘हामी यही तटीय क्षेत्रमा छौँ। गाउँपालिका आसपासमै छौँ। ठूलो बाढी आएको छ। माथि सुक्खा पहिरो गयो र नदी थुनिएर बाढीको रूप लिएको छ भन्ने भनिएको छ। हामीले त्यहाँ सम्म यही हेरिराख्या छौँ। त्यो थुनिँदै खोलिँदै, थुनिँदै खोलिँदै गरिराख्या छ। बाढीको ठूलो झड्का आएको छ। करिब १५०–२०० मिटर जति माथिको एरियासम्म त्यसले कभरेज गर्या छ, उनले भनेर्, तल्लो तटीय क्षेत्रका बस्तीहरू बग्यो भन्ने खबर आएको छ। मानवीय क्षतिबारे अहिलेसम्म कुनै सूचना आएको छैन।’
उनका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरीलगायत तल्लो तटीय क्षेत्रका बस्ती तथा बजारमा क्षति पुगेको खबर प्राप्त भएको छ । ती क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा ट्रेकिङ एजेन्सीसम्बद्ध होटलहरू बगाएको र केही विद्यालयसमेत बाढीले बगाएको सूचना आएको उनले जानकारी दिए।
बाढीबाट मानवीय क्षति भए–नभएकोबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको सापकोटाले बताए । क्षतिको वास्तविक विवरण संकलन तथा अवस्था बुझ्ने काम भइरहेको र सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले बताए।
नदीमा पानीको बहाव निरन्तर परिवर्तन भइरहेकाले तत्काल क्षतिको यकिन विवरण सार्वजनिक गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
बाढीको जोखिम कायमै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।
यसबीचमा बुढीगण्डकी नदीमा आइतबार बिहानदेखि लेदोसहितको ठुलो बाढी आइरहेकाले त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले आइतबार बिहान सूचना जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठुलो बाढी आइरहेको जनाएको हो
बाढीको बहाव पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।
नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ।
दीपक गिरी र अमरसिंह पुनले पराजय स्विकार्दै भने, पाठ सिकेर अघि बढ्नेछौं
पहिलो ‘फेल’ भएपछि अर्को बजेट ल्यायो सुदूरपश्चिम सरकारले
बुढीगण्डकी बाढी : मान्छे जोगिए, भौतिक संरचनामा भारी क्षति
१२ जना मारिएको साउदी बिमानस्थल आक्रमणमा नेपालीको अवस्था के छ?
ज्ञानेन्द्र शाहले परिवारबाहेक यसपालि दसैं टीका नलगाइदिने
बुढीगण्डकी बाढी : तीन पालिकाका बस्ती बगे, दशजना बेपत्ता