काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालि साधारण तरिकाल दसैं मनाउने जनाएका छन्। यसपालि प्राकृतिक विपत्तिले देश ठूलो शोकमा रहेको भन्दै उनले घरपरिवरमै ‘सादगी’ तरिकाले दसैं मनाउने योजना बनाएका हुन्।
यस पटक विजयादशमीका दिन उनले परिवारहेक अरुलाई टीका तथा जमरा पनि लगाउने छैनन्।
उनको संवाद सचिवालयद्वारा आज जारी गरिएको सूचना अनुसार गत भदौ महिनामा हिमपहिरोका कारण आएको भीषण बाढी तथा असोज महिनामा परेको अविरल वर्षाले देशमा ठूलो संकट निम्त्याएको उल्लेख छ।
उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विस्थापित हुनुका साथै सयौँको संख्यामा दुःखद निधन भएको र ठूलो जनधनको अपूरणीय क्षति भएको परिस्थितिप्रति दुःख व्यक्त गरिएको छ।
यस्तो असहज परिस्थितिलाई दृष्टिगत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निधो गरेको सचिवालयले जनाएको छ।
दीपक गिरी र अमरसिंह पुनले पराजय स्विकार्दै भने, पाठ सिकेर अघि बढ्नेछौं
पहिलो ‘फेल’ भएपछि अर्को बजेट ल्यायो सुदूरपश्चिम सरकारले
बुढीगण्डकी बाढी : मान्छे जोगिए, भौतिक संरचनामा भारी क्षति
१२ जना मारिएको साउदी बिमानस्थल आक्रमणमा नेपालीको अवस्था के छ?
ज्ञानेन्द्र शाहले परिवारबाहेक यसपालि दसैं टीका नलगाइदिने
बुढीगण्डकी बाढी : तीन पालिकाका बस्ती बगे, दशजना बेपत्ता