पहिलो ‘फेल’ भएपछि अर्को बजेट ल्यायो सुदूरपश्चिम सरकारले


सेतोखरी सेतोखरी   ११ घण्टा अगाडि
पहिलो ‘फेल’ भएपछि अर्को बजेट ल्यायो सुदूरपश्चिम सरकारले

नेपालगन्ज।  सुदूरपश्चिम प्रदेस सरकारले दोस्रोपटक बजेट ल्याएको छ।  यसअघि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा असार १ गते बजेट विनियोजन गरेको थियो। तर साझेदार नेकपा एमालेले बीचैमा समर्थन फिर्ला लिएपछि  त्यो बजेट पारित भएको थिएन। 

पछि एमालेकै समर्थनमा साउन २९ गते नेकपा संसदीय दलका नेता खगराज भट्ट नेतृत्वमा नयाँ सरकार बनेको थियो। 
सो सरकार बनेको तनि महिना पछि आइतबार प्रदेश सभाको दोश्रे पटक बजेट प्रस्तुत गरिएको हो। प्रदेश सरकारका आर्थिक मामिला मन्त्री चक्रमल्ले चालु आर्थिक बर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड ४९ लाख ६७ हजार बराबरको बजेट आइतबार प्रदेश सभामा पेश गरेका हुन्। 

उनले प्रस्तुत गरेको बजेटमा आन्तरिक परिचालन तर्फ १ अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व डाडफाडबाट १० अर्ब २४ करोड ९१ लाख ६६ हजार।

संघिय रोयल्टी बाँडफाडबाट प्राप्त हुने ७ करोड। नेपाल सरकाबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख अघिल्लो आर्थिक बर्षको विनियोजनबाट वचत हुने रमक ९ अर्ब ६५ करोड। सशर्त अनुदानबाट प्राप्त हुने रकम ६ अर्ब ३ करोड ५८ लाख संघिय समपुरक अनुदानबाट प्राप्त हुने रकम अनुमानित रकम ३८ करोड ८० लाख र विशेष अनुदानबाट अनुमानित रकम ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको छ। 

चालु बर्थिक बर्षको बजेटमा प्रदेश सरकारले कृषि, रैथानेवाली संरक्षण, जलवायु परिवर्तनबाट हुने असर न्युनीकरण कार्यक्रम, भौतिक पूर्वाधार विस्ता लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सरकारले धार्मिक तथा पर्यटकिय क्षेत्र वडीमालिका, खप्तड लगायत क्षेत्रमा सडक पूर्वाधार, विद्युत विस्तार, केवलकार निर्माण गर्ने लगायतका योजना अघि सारको छ।