नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट 


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट 

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदानस्थलमा प्रतिनिधिहरूको चहलपहल बढेको छ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सहभागी हुन प्रतिनिधिहरू मतदानस्थलमा पुगेका छन्।

मतदानस्थलमा प्रतिनिधिहरूको उपस्थिति बढेसँगै चुनावी माहोल थप सक्रिय बनेको छ।

प्रतिनिधिहरू लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। 

मतदानस्थलमा उम्मेदवारका समर्थक तथा प्रतिनिधिहरूको आवतजावतले पनि चहलपहल बढाएको छ ।

राष्ट्रिय सभागृहमा ६७ वर्षीय ज्येष्ठ मतदाता राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेर नेतृत्व चुन्ने प्रक्रिया सुरु भएको हो। शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताले मतदान गरिरहेका छन्।