नेपालगन्ज। बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल तथा मोटरेबल पुलमा क्षति पुर्याएको छ।
प्रारम्भिक जानकारीअनुसार बाढीले चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ भने पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् ।
गृहमन्त्रालयका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरो खसेर खोला थुनिएको र त्यसपछि राति करिब ४ बजेति बुढीगण्डकीमा बाढी आएको हो। बाढीले नदी आसपासका बस्ती तथा पूर्वाधारमा क्षति पुर्याएको छ।
प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको छ।
बाढीले भ्याको झोलुङ्गे पुल, फिलिम र न्याक्चेत जोड्ने झोलुङ्गे पुल तथा ठाडो भञ्ज्याङको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ। त्यसअघि जगत बगरका नौ वटा, सल्लेरीका पाँच वटा र ठाडो भञ्ज्याङका तीन वटा घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। त्यस्तै अन्य स्थानबाट थप पाँच जना व्यक्ति सम्पर्कमा आउन नसकेकाे प्रहरीले जनाएकाे छ।
त्यसैगरी, आरुघाट गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने मान्बु–सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज पनि बाढीले बगाएको छ।
आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ।
उक्त बाढीमा उङ्गिलुङ खोला किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिएका छन्। बाढीबाट भएको क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ।
बाढी प्रभावित क्षेत्रमा गृहमन्त्रालयले हेलिकोप्टर र उद्धारकर्मीहरू खटाइसकेको जानकारी दिएको छ। गृहमन्त्री सुधन गुरुङ पनि त्यस क्षेत्रमा पुग्दैछन्।
दीपक गिरी र अमरसिंह पुनले पराजय स्विकार्दै भने, पाठ सिकेर अघि बढ्नेछौं
पहिलो ‘फेल’ भएपछि अर्को बजेट ल्यायो सुदूरपश्चिम सरकारले
बुढीगण्डकी बाढी : मान्छे जोगिए, भौतिक संरचनामा भारी क्षति
१२ जना मारिएको साउदी बिमानस्थल आक्रमणमा नेपालीको अवस्था के छ?
ज्ञानेन्द्र शाहले परिवारबाहेक यसपालि दसैं टीका नलगाइदिने
बुढीगण्डकी बाढी : तीन पालिकाका बस्ती बगे, दशजना बेपत्ता