काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट भत्काउन समय लाग्ने बताएका छन्। १५ औं महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चुनिदैं गर्दा यसपालि पनि गुटहरू देखिएको उनले बताए।
महाधिवेशनस्थलमा मतदान गर्न पुगेका थापाले यही मतदानकै बेला २८ वटा सूचीहरू भेटिएको पनि बताए। उनि आफै पनि सभापतिका उम्मेदवार हुन्।
‘अहिले मैले साथीहरूलाई देखाएँ, २८ वटा लिस्ट आइपुगेको छ। कोही एकजना उपसभापति राखेर आएको छ, कोही अर्को महामन्त्री राखेर आएको छ, कोही अर्को सहमहामन्त्री राखेर आएको छ। अब अहिले सजिलो छ ह्वाट्सएपमा घुमाइदियो। पहिला ठ्याक्कै दुइटा गुट हुन्थ्यो। माथिदेखि तलसम्म चिट हेरेर हाल्ने चलन थियो। सबै एकैचोटी भत्काउन गाह्रो हुन्छ। धेरै हदसम्म सुधार्ने कोसिस गरेका छौँ’ उनले भने।
महाधिवेशनमा पराजित हुने नेताहरूलाई समेत पार्टीभित्रै समेटेर लैजाने भन्दै थापाले यो महाधिवेशनमै भएको हारजितका कारण पार्टीभित्र विभाजित मत नरहने पनि बताए।
‘विवेक भएको साथी यत्रो पार्टीमा लागेको हुन्छ। निर्वाचनमा यो सानो एउटा जित–पराजयले राजनीतिक निर्णयहरू नै बदल्छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन’ उनले भने।
पार्टीभित्रका गुट, उपगुट र समूहहरू समाप्त गर्ने उद्देश्यले नै यसपालिको महाधिवेशन अलि फरक तरिकाले गरिएको भन्दै उनले महाधिवेशनमा सहभागी हुन नसकेकाहरूलाई पनि मिलाएर लैजाने बताए।
‘पार्टीभित्रका सबै असन्तुष्टीहरू सम्बोधन गर्ने प्रयास गरिरहेका छौं’ उनले भने ‘कोही कतै जान्छ वा नयाँ पार्टी खोलिहाल्छ भने त हामीले रोक्न सक्दैनौं। त्यो उहाँहरूको च्वाइसको कुरा हो। बाँकी पार्टीभित्र कसरी सम्बोधन गर्न सकिन्छ भनेर हामीले प्रयास गरिरहेका छौं। सबै कुरा एकैपटक नहुँदो रहेछ।’
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा