विप्लवका छोरा प्रकाश चन्द पक्राउ


विप्लवका छोरा प्रकाश चन्द पक्राउ

File Photo

चितवन: नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा पक्राउ परेकाछन् ।

विप्लवका छोरा प्रकाश चन्दलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकोछ । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनीसहित आन्दोलनमा उत्रिएका अन्य केही विद्यार्थीहरुलाई पनि पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शालीग्राम शर्माले बताए ।