नेपालगन्ज। भोटेकोशी बाढीले बगाएको नुवाकोटको त्रिभुवन त्रिशुली माबिका बिद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
एफकेबी युकेको सहयोगमा बास नेपालले विद्यालयका १ हजार ४ सय ३७ बिद्यार्थीलाई आवश्यक सामाग्री उपलब्ध गराइएको हो।
बास नेपालको टोली बिद्यालयमै पुगेर सहयोग हस्तान्रण गरेको थियो। त्यस्तै एफकेबी युकेकै सहयोगमा २५० छात्राहरूलाई महिनावारीका बेला पुनःप्रयोग गर्नमिल्ने प्याड सहितको फ्रीडम कीट व्याग, ३०० जना छात्र, छात्रहरूलाई दैनिक उपभोग्य सामाग्री, स्वास्थ्य सामाग्री, प्राथमिक उपचारको सामाग्री सहितको हाइजेनिक किट प्रदान गरिएको थियो।
यसैगरी जनजीवन फाउन्डेसन भारत र नेपालगन्जस्थित विभिन्न संस्था र व्यक्तिहरुको सहयोगमा १२८६ वटा स्टेशनरी, ४७२ जना बिद्यार्थीहरुलाई लत्ताकपडा, १३७ वटा भाँडाकुडा, २३ थान ओढ्ने, ओछ्याउने कपडा, ५१ जनालाई झोला प्रदान गरिएको छ।
ती सबैगरी १० लाख बराबरको सहयोग प्रदान गरिएको बास नेपालले जनाएको छ।
बिदुर नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष लेलिन रन्जितको प्रमुख आतिथ्यता र विद्यालय व्यबस्थापन समितीका अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा भएको एउटा कार्यक्रममा ती सामग्रीहरू वितरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शिबराज बोगटी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बाग्मती प्रदेश ईन्चार्ज सागर बोहरा, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, जनसम्पर्क अधिकृत माधव कार्की, शिक्षा अधिकृत मिना घर्ती मगर, जनसम्पर्क सहायक सुमिता कुमालको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष लेलिन रन्जितले सहयोगका लागि बास नेपाललाई धन्यवाद ज्ञापन गर्दै भौतिक निर्माणका लागि समेत संघसंस्थाहरूलाई अपिल गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले सहयोगप्रति आभार व्यक्त गर्दै स्कुलका बालबालिकाहरुलाई मनोसामाजिक सेवा प्रदान गर्न बास नेपाललाई आग्रह गरे।
बाढी आउँदै गरेको मौखिक सूचना पाएपछि त्रिशुली नदी किनारमा रहेको सो विद्यालयका करिब १६०० विद्यार्थीहरूलाई प्रधानाध्यापक दवाडीको नेतृत्वमा तत्कालै सुरक्षित स्थानमा लगिएको थियो। जसका कारण कुनै मानवीय क्षति भएन तर विद्यालयका भवनहरू भने सबै बाढीले बगायो। अहिले एउटा सरकारी भवनबाट विद्यालय अस्थायीरुपमा सञ्चालन भइरहेको छ। सोही विद्यालयमा पुगेर बास नेपालले सहयोग सामाग्री हस्तान्तरण गर्नुका साथै मनोसामाजिक शिक्षा र महिनावारी शिक्षा प्रदान गरेको थियो। मनोसामाजिक शिक्षा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बाग्मती प्रदेश ईन्चार्ज सागर बोहराले प्रदान गरेका थिए भने शिक्षा अधिकृत मिना घर्ती मगरले महिनावारी शिक्षा दिएकी थिईन्।
बाढीले बगाएको त्रिभुवन त्रिशूली माबिका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र मनोसामाजिक परामर्श
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो