काँग्रेस सभापती कोइराला आक्रमण प्रकरण: तीन जान पक्राउ


काँग्रेस सभापती कोइराला आक्रमण प्रकरण: तीन जान पक्राउ

नेपालगन्ज: नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालामाथि आक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुलाई शुक्रबार राती साढे दुई बजे बाँकेको खजुराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर ओलीका अनुसार निर्मल खत्री, लोक बहादुर शाही र रोशन सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

विहीबार बाँकेको खजुरा गाउँपालिकामा नेकपाका स्थानीय नेता कार्यकर्ताले काँग्रेस जिल्ला सभापति किरण कोइराला लगायतका नेताहरूमाथि आक्रमण गरेको घटनामा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख ओली बताउँछन् ।

पक्राउ परेका तीनैजनालाई यतिवेला जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहले सेतोखरीलाई जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार बिहीबार बाँकेको खजुरा गाउँपालिकाको सितापुरस्थित नेपाल रेडक्रस सोसाईटीको सभाहलमा भएको घटनाका विषयमा विभिन्न सञ्चारमाध्यम र नेपाली काँग्रेस बाँकेले जारी गरेको प्रेस विज्ञप्तीका आधारमा उनीहरुलाई पक्राउ गरि नियन्त्रणमा राखिएको हो । डिएसपी सिंहले भने –पीडित पक्षबाट अझै किटानी जाहेरी नआएकोले कति ब्यक्ति पीडित भएका हुन्, दोषी को-को हुन, को–को पीडित भएका हुन् भन्ने खुल्न नसकेको बताए ।

बिहीबार बाँकेको खजुराको सितापुरस्थित नेपाल रेडक्रस सोसाईटीको सभाहलमा हिमाल, पहाड तराई, मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तगर्त दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला नेकपाका नेता तथा कार्यकर्ताले नेपाली काँग्रेस बाँके सभापति कोइराला लगायतका काँग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरेका थिए । आक्रमणबाट काँग्रेस बाँके सभापति कोइरालाको हात भाँचिएको छ । आक्रमणमा दर्जनबढी काँग्रेस नेता तथा कार्यकर्ता घाइते भएका नेपाली काँग्रेसले बिहीबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेखछ ।

नेकपाका स्थानीय नेता तथा कार्यकर्ता मुमबहादुर ओली, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री, लोके र सुनिल भनिने दुई पुरा नामथर नखुलेका १३/१४ जनाको समूह रहेका व्यक्तिले काँग्रेसको कार्यक्रमस्थलमा नै प्रवेश गरी सभापति कोइराला लगायतका नेतामाथि सांघातिक हमला गरेको काँग्रेस बाँकेद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

काँग्रेस बाँके सभापति किरण कोइरालाको हस्ताक्षरमा जारी उक्त बिज्ञप्तीमा जागरण अभियानमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले आफुहरूको ज्यानै लिने अभिप्रायका साथ आक्रमण गरेको उल्लेख छ ।

थप समाचार

बाँकेमा नेकपा कार्यकर्ताद्वारा काँग्रेस नेतामाथि आक्रमण