सुर्खेत : रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा शनिबार दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नम्वरको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नम्वरको फोर्स गाडीका धनी हुन् । लिफ्ट मागी आउने क्रममा गाडीको ढोकाबाट एक्कासी सडकभन्दा अन्दाजी एक सय मिटर तल खस्न गई उनको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।
सुर्खेत प्रहरीले एक अर्का चालकलाई पनि नियन्त्रणमा लिएको छ । यही असोज १९ गते कालीकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०७ नंको फोर्स गाडीले घण्टाघरमा पैदल यात्री वीरेन्द्रनगर–१२ का ५५ वर्षीय हर्कबहादुर रोकायलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते रोकायको लखनऊमा उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि प्रहरीले उक्त गाडीका चालक दैलेख ठाटीकाँधका २७ वर्षीय मीनबहादुर तिरुवालाई नियन्त्रणमा लिएको हो ।-रासस
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ
संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
कांग्रेस एकताका ‘शुत्रधार’ बन्न सक्लान् बीपी पुत्र?