काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनापति सेठलाई राष्ट्रपति पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्पराअनुसार सेठलाई सो सम्मान गरिएको हो । तीन दिने नेपाल भ्रमणका लागि सेठ आइतबार अपरान्ह नेपाल आइपुगेका हुन्।
उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार र नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू एवम् नेपालका लागि भारतका राजदूतको उपस्थिति रहेको थियो।
दैलेखमा घरघर घुसेर हँसिया प्रहार, एकजनाको मृत्यु, चारजना गम्भिर घाइते
तिहार: एकैदिन कसरी पर्याे कुकुर र लक्ष्मी पूजा?
एनपिएल : लुम्बिनी लायन्सको अविजित यात्रामा ब्रेक लाग्यो, काठमाडौं गोर्खाज् दोस्रो स्थानमा
वाफ रे! १८ करोडमा पार्टी किनेको कुरा छ… : शेरबहादुर देउवा
दाङका गाेकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा अनुमोदन
नेपाल फेस्टिभलमा अष्ट्रेलियाका प्रधानमन्त्री, नेपालीसँग अन्तरंग