सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छोड्न परमादेश दिएको छ। आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २७ गते राति प्रहरीले गिरफ्तार गरेको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्धय बालकृष्ण ढकाल र नहकुल सुवेदीको संयुक्त इजलासले आइतबार परमादेश जारी गरेको हो।
श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। साउन २९ गते न्यायाधीश ढकालको इजलासमा सुनुवाइ भएकोमा बरामद भएका उपकरणसहित श्रेष्ठलाई आज अदालत उपस्थित गराउने आदेश भएको थियो।
श्रेष्ठको तर्फबाट आज १७ जना कानुन व्यवसायीले बहसमा भाग लिएका थिए। उजुरीकर्ता आफैंले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिरबारे समाचार बनाउँदा कसरी वैयक्तिक गोपनीयता हनन भयो रु भनि उनीहरुले प्रश्न गरेका थिए । यता, न्यायाधीशले सरकारी वकिललाई पनि सोही प्रश्न सोधे।
सुनुवाइपछि उनलाई छोड्ने आदेश दिइएको हो। जनआस्था अनलाइनले अघिल्लो साताको सोमबार एक माननीय र युवतीले चुम्बन गरिरहेको तस्बिरसहित समाचार प्रकाशित गरेको थियो। सो तस्बिर युवतीकै फेसबुकबाट सार्वजनिक भएकोमा उनले वैयक्तिक गोपनीयता हननको जाहेरी दिएकी हुन्।
साउन २७ गते राति प्रहरीले श्रेष्ठलाई ललितपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । पक्राउपछि काठमाडौं प्रहरी परिसर लगिएका उनलाई साउन २९ गते प्रहरी वृत्त, महाराजगञ्ज सारिएको हो।
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ
संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
कांग्रेस एकताका ‘शुत्रधार’ बन्न सक्लान् बीपी पुत्र?