काठमाडौं। आफ्ना मतदाताहरूलाई भेट्न पुगेका गृहमन्त्री सुधन गुरुङले ‘भोट लिएर जानु भए हुन्छ‘’ भनेर बोलेको कुरा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय भइरहेको छ। कतिपयले उनको त्यो अभिव्यक्तिलाई ‘नयाँ’हरूको अहंकारका रुपमा टिप्पणी गरेका छन् भने कतिपयले आफ्ना मतदाताहरूसँग आत्मीयरुपमा कुराकानी गर्दा त्यो ‘ठट्टा’का रुपमा बोलेको भनेर प्रस्टिकरण दिन खोजेका छन्।
भएको के थियो?
आइतबार रातिसम्म पनि गृहमन्त्री गुरुङ सहिद लखन गाउँपालिका वडा नम्बर ९ नाम्जुङमा स्थानीयसँग गफिइरहेका थिए। यसअघि नै उनले हरेक महिना निर्वाचन क्षेत्र पुग्ने र मतदातासँग समय बिताउने, उनिहरूका कुरा सुन्ने भनेर बाचा गरेका थिए। त्यही अनुसार उनि साउन अन्तिममा आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन्। त्यसक्रममा उनले ठाउँठाउँमा पुगेर मतदाताका कुराकानी सुने।
त्यही क्रममा आइबार साँझ पनि वडा नं ९ का वडाअध्यक्षसहित स्थानीयको एउटा समूहसँग उनि संवाद गर्दै थिए। त्यसक्रममा स्थानीयले बजेटका बारेमा धेरै प्रश्नहरू गरे। चुनावमा गुरुङले भनेअनुसार आफ्नो ठाउँमा योजना र बजेट नभएको भन्दै स्थानीयले गुनासो गरेका थिए। तर उनले सकेसम्म ‘यति चाँडै काम हुँदैन। हामीले गरिरहेका छौं‘’ केही समय लाग्छ‘’ भनेर मतदातालाई सम्झाइरहे।
त्यही क्रममा एकजना स्थानीयले गृहमन्त्रीलाई सोधे ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबको लागि, याद छ हजुर?’
अनि सुधनले जवाफ फर्काएस् अँ थाहा छ‘ त्यसपछि फेरि उनै स्थानीयले सोधेका छन् ‘त्यसको लागि बजेट खोइ तरु हजुरले के भन्नुभएको थियो भने, आउने असारमा‘ स्वास्थ्य मन्त्रालयको सचिवलाई धरि फोन गर्नुभएको थियो यहीँबाट।’
सुधनले फेरि छोटोमा जवाफ दिएर स्थानीयको कुरा पर्खे, ‘हो‘।’
‘अब तपाईँहरू ढुक्क हुनुस्, यो आउने बजेटमा म ल्याबको व्यवस्था गर्दिन्छु भनेर बोलेर जानुभएको थियो। खै तरु त्यो बजेटमा कहीँ पनि देखिँदैन। (एक व्यक्तिलाई देखाउँदै) उहाँलाई धरि‘ हजुरको सचिवालयलाई पत्र पठाएको हो।’
योबीचमा पनि कहिले सुधनका कुरा सुनेर स्थानीय हाँस्थे, अनि स्थानीयका कुरा सुनेर सुधन हाँस्थे। सुरुवातदेखि यस्तै वातावरणमा गफगाफ चलिरहेको थियो।
त्यही क्रममा सुधनले स्थानीयलाई रोक्दै भनेका छन्,स् सुन्नुस्, सुन्नुस्, सुन्नुस‘ यता सुन्नुस्। यस्तो साना-साना बजेटहरू यसरी राताे किताबमा राख्ने हो भने महाभारत र रामायण दुइटा मिक्स गरेर पनि बन्दैन।
फेरि स्थानीयले भन्छन्, ‘हैन, हामीलाई किताबमा चाहिएको हैन‘’
अनि सुधनले जवाफ फर्काउँछन् ‘हो, एक्ज्याक्ट्ली। त्यसको लागि हामीले के गर्या छौँ भन्दाखेरि, लिस्ट मगाएका छौँ यहाँबाट। के राख्ने भनेर लिस्ट त चाहियो होला नि हामीलाई, हैन?’
फेरि स्थानीयले त्यही सन्दर्भको गुनासो सुनाउँछन्, ‘यता गाउँका मान्छेले मार्ने भइसके त। हिजो सुधनले बोलेर गएको हो भन्दैछन्‘
बीचैमा रोक्दै सुधनले सोध्छन् ‘तपाईँहरूले मलाई जिताएको १ वर्ष भयो कि ५ वर्ष?’
त्यही ल्यावको कुरा निकाल्ने स्थानीयले भन्छन्, ‘अहिले त चार महिना भयो‘।
अनि फेरि सुधन बोलेका छन्, ‘हो, चार महिना। चार महिनामा तपाईँको बल्ल पहिलो बजेट हाम्रो आएको छ। पहिलो बजेट साउन १ गते आएको हो। साउन १ गते भनेको कहिले होरु कति दिन भयो?
स्थानीय भन्छन्, अस्ति भर्खर हो। तर त्यो लिस्टमा नआएको भएर‘।
अनि सुधनले भन्छन् ‘मैले भनिसकेँ त तपाईँलाई। वडाको योजना सबै लिस्टमा राख्ने हो भने त अध्यक्षज्यू (त्यहिँ रहेका वडा वडाध्यक्ष रामकुमार श्रेष्ठतिर हेर्दै) लिस्ट कति ठुलो हुन्छ भन्नुस् त मलाईरु (हातले नाप देखाउँदै) यत्रो‘ हुन्छ। वडा स्तरका हरेक कुरा राख्ने हो भने उहाँको लिस्ट मात्र यत्रो हुन्छ, राज्यको लिस्ट कति हुन्छ होलारु त्यसरी मिल्दैन। हामीले गर्ने भनेको काम हो। तपाईँलाई काम भए पुग्ने हैन र?
वडाअध्यक्ष भन्छन्, एकदम!
अनि सुधनले हाँस्दै भनेका छन्, ‘हो। अब चार महिनामा चाहिँ कायापलट गराउन म सक्दिनँ‘ सिधै। भोट लिएर जानु भए हुन्छ‘।
सँगै रहेका सबैजना सँगसँगै हाँस्छन्।
र त्यही हाँसोका बीचमा एकजना स्थानीयले बोल्छन्, ‘जिताएर पठाइहाल्यौँ कहाँबाट भोट लैजानु। पहिले नै भन्नुपर्थ्यो नि हजुरले। मलाई नतिजाउनुस् है भन्नुपर्थ्यो।
सुधनले फेरि हाँस्दै जवाफ फर्काउँछन् ‘मैले भनेकै हो। म त प्रष्ट मान्छे। मलाई विश्वास गर्नुहुन्न भने अरूलाई हाल्नुस्। यति त आँट गरेको हो नि मैले। नत्र मलाई ५ वर्ष तपाईँहरूले हेर्नुस्।’
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको भनिएको भिडिओ क्लिपमा लगभग यत्ति दृश्य र संवादहरू छन्। सुधनले गरेको ‘ल्याब स्थापना’ गर्ने बाचा सम्झाउने मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीकै वडा सचिव खोपेन्द्र लामिछाने हुन्।
भिडिओको दृश्य हेर्दा र कुराकानी सुन्दा ‘भोट फिर्ता लैजानुस्’ भनेको कुरा सुधन गुरुङले गम्भिर भएर भनेका होइनन्।
अर्थात् कुराकानीका शिलशिलामा उनको त्यो भनाई ‘सिरियस्ली नोट’मा आएको होइन। स्थानीयसँग नजिकिएर कुराकानी हुँदै जाँदा उनले ‘छोटो समयमा सबै काम गर्न नसक्ने’ भन्दै बरु ‘भोट लिएर गए हुन्छ‘’ भनेका छन्।
तर सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भने ‘सुधनले आफ्ना मतदातालाई भोट फिर्ता लैजाऊ’ भनेको भनेर उनका अभिव्यक्तिहरूमाथि टिप्पणी र आलोचना भइरहेको छ।
उक्त भिडिओ रास्वपाका नेता कृष्ण लामिछानेले आफ्ना सामाजिक सञ्जालमा राखेका थिए।
संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
कांग्रेस एकताका ‘शुत्रधार’ बन्न सक्लान् बीपी पुत्र?
गृहमन्त्रीले ‘सिरियस्ली’ भनेका हुन्? ‘भोट फिर्ता लैजानू!’
‘म्यारिज इज नट द एन्ड’: ‘बी बोल्ड, बी ब्युटिफूल, बी कन्फिडेन्ट’
पहिला उत्कृष्ट ‘प्रहरी’, अहिले युवतिसँग रंगेहात
अदालत मान्छु, गगनलाई होइन- देउवा