सांकेतिक तस्विर
दाङ:दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आगलागी भएको छ ।
ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डाक्टर रामकामेश्वर ठाकुरले जानकारी दिए ।
आगलागीबाट चिकित्सालयमा रहेका टेबुल, दराजलगायत सामग्री जलेर नष्ट भएको छ । ‘अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ ।’, उनले भने,‘सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ ।’
आगलागीबाट झण्डै एक लाख बराबरको क्षति भएको डाक्टर ठाकुरले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट मानवीय क्षती भने हुन सकेन ।
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ
संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
कांग्रेस एकताका ‘शुत्रधार’ बन्न सक्लान् बीपी पुत्र?