तीन महिनामा ३९ सडक दुर्घटना
नेपालगन्ज : बाँकेमा दुर्घटनाको रेसिओ बढेको छ । साउन यता मात्रै ३९ वटा सडक दुर्घटना भएका छन् ।
जसमा ५६ जना मानिस घाइते भएका छन् । १४ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी बाँकेको तथ्याकंअनुसार मृत्यु हुने पुरूष आठ जना, महिला तीन जना, बालक दुई जना र बालिका एक जना छन् ।
बाँके ट्राफिक प्रहरीले साउन यता आईतबारसम्म पाँच हजार ६ सय ५० वटा सवारी साधनमाथि कारवाही गरेको ट्राफिक प्रहरी बाँकेका प्रहरी निरीक्षक पविन्द्र बम बताउँछन् ।
उनकाअनुसार यति सवारी साधन कारवाहीबाट तीन महिनामा बाँके ट्राफिकले ३० लाख ८४ हजार पाँच सय राजश्व संकलन समेत गरेको छ ।
उनकाअनुसार साउन यता ६८ जनालाई मापसे कारवाही रिएको छ । वडादशैको अवधीमा मात्रै १३ जना सवारी चालक मापसे कारवाहीमा परेका छन् ।
बडादशैको अवधीमा बाँकेमा ६ वटा सडक दुर्घटना भएका छन् । जसमा सात जना पुरूष र पाँच जना महिला घाइते भएका छन् । बडा दशैंको समयमा ट्राफिक नियमको उल्लंघन गर्ने ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरिएको छ ।
असोज १२ देखि २४ गतेसम्मको अवधिमा प्रदेश पाँचका १२ जिल्लामा ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ ।
बडा दशैंको अवधिमा ट्राफिक नियम पालना नगर्ने १२ जिल्लाका ६ हजार ७ सय ६३ सवारी साधनलाई कारबाही गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सवारी साधनलाई गरिएको कारबाहीबाट दशैमा मात्रै ४० लाख ६० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएकोछ ।
यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन मध्ये मोटरसाइकल अग्रप्रक्तिमा देखिएका छन् । प्रदेश प्रहरीका अनुसार प्रदेशका २ हजार ३ सय ३९ वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।
जसबाट १४ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, १ हजार ५२ वटा बस, १२ सय ७७ वटा जिप र कार, टेम्पो २ सय २३ वटा, ट्रक १४ सय ४९ वटा र ट्याक्टर ४ सय २३ वटा कारबाहीमा परेका थिए ।
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ
संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
कांग्रेस एकताका ‘शुत्रधार’ बन्न सक्लान् बीपी पुत्र?