नेपालगन्ज : कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा भएको भनिएको घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिइसकेका छन् ।
डिआईजी जोशीले तालिम केन्द्रको कार्यक्षेत्र पर्ने बाँके प्रहरी कार्यालय र यसका प्रमुख एसपी वीरबहादुर ओलीलाई उक्त घटनाको सत्यतथ्य छानबीन र निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
उक्त तालिम केन्द्रमा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।
तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकमै बलात्कार गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले बताएको छ ।
पक्राउ परेका सई रानालाई थप अनुसन्धानको लागि जबरजस्ती करणी मुद्दामा बाँके जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरिएको छ ।
यद्यपि कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक मसाउद आलम खाँ लगायतका प्रहरी अधिकारीले ति महिला प्रशिक्षार्थीका आमाबुबालाई समेत बोलाएर मिलापत्र गर्न दवाब दिदै आएको खुलेको छ ।
तालिम केन्द्रभित्रको उक्त बलात्कार काण्ड गुपचुप राख्ने र मिलापत्र गराउने केही प्रहरी अधिकारीले चलखेल गरेपनि बुधबारसम्म उक्त घटना मिल्न सकेको छैन्। सई राना बुधबार पनि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै छन् ।
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ
संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
कांग्रेस एकताका ‘शुत्रधार’ बन्न सक्लान् बीपी पुत्र?