बर्दिया : भारतीय ओरियन्स कम्पनीको नेटवर्किङ व्यावसाय संचालन गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरी निरीक्षक लक्ष्मण वलीले पक्राउ परेकामध्ये ४ जना विरुद्ध जिल्ला र एक जना विरुद्ध इलाका प्रहरी कार्यालय बानियाभारले मुद्दा चलाएको जनाए ।
उक्त कम्पनीले पश्चिम तराइका बर्दिया, कैलाली, कञ्चनपुरका सर्वसाधरणलाई सदस्य बनाएको पाइएको छ । भारतको उत्तरप्रदेश राज्यस्थित लखिमपुरमा रहेको कम्पनीको सदस्य बन्न प्रति व्यक्ति ६० हजार भारतीय रुपैयाँ (भारु) शुल्क लाग्ने गरेको छ ।
एक जनाले थप दुई जनालाई सदस्य बनाउनु पर्ने नियम छ । उक्त कम्पनीबाट ठगिएको भन्दै २६ जनाले प्रहरी समक्ष उजुरी दिएका छन् । राजापुर–३ की सविता राजवंशीले सदस्यता बने वापत ६० हजार भारु बुझाएको बताइन । कैलालीको जोशीपुर–५ का अशोक दगौडा थारुले आफू ठगिएको भन्दै सदस्य बनाउने विरुद्ध उजुरी दिएका छन ।
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी
हजारौं विदेशी पैसासहित वायु सेवा निगमका कर्मचारी पक्राउ
संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखकाे रुलिङ
कांग्रेस एकताका ‘शुत्रधार’ बन्न सक्लान् बीपी पुत्र?