वीरगञ्जका मेयर विजयलाई कोरोना


वीरगञ्जका मेयर विजयलाई कोरोना

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी

नेपालगन्ज : सरकारले लकडाउन खुला गरेसगैं नेपालमा कोरोना भाइरस संक्रमणको भयाबह बन्दै आएकोछ । कोरोना भाइरसकै कारण देशमा ५५ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या र संक्रमित हुनेको संख्या दिनानुदिन बढिरहदाँ यसको उचित रोकथामका लागि राज्य उदासिन बन्दै गएकोछ । जसले गर्दा नेपालमा कोरोना संक्रमण समुदायमा फैलिसकेकोछ । यसले देश झन उच्च जोखिममा पुगेको पुष्टि गरिसकेकोछ ।

यही जोखिम र समुदायमा कोरोना फैलिएको अवस्थामा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ । यद्यपी संक्रमित मेयर विजय आइसोलशेनमा रहेकाछन् ।

मेयर विजयले बिहीबार साँझ आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा रहेको जानकारी गराएका छन् । उनले नगरबासीलाई सम्बोधन गर्दै आफू उपचारपछि निको भएर पुनः समाजसेवामा फर्कने बताएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले लेखेको स्टासमा भनिएकोछ –‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।’ उनले अगाडी लेख्छन्, ‘कोरोना संक्रमणको लडाई जितेर पुनः तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।’