वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी
नेपालगन्ज : सरकारले लकडाउन खुला गरेसगैं नेपालमा कोरोना भाइरस संक्रमणको भयाबह बन्दै आएकोछ । कोरोना भाइरसकै कारण देशमा ५५ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या र संक्रमित हुनेको संख्या दिनानुदिन बढिरहदाँ यसको उचित रोकथामका लागि राज्य उदासिन बन्दै गएकोछ । जसले गर्दा नेपालमा कोरोना संक्रमण समुदायमा फैलिसकेकोछ । यसले देश झन उच्च जोखिममा पुगेको पुष्टि गरिसकेकोछ ।
यही जोखिम र समुदायमा कोरोना फैलिएको अवस्थामा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ । यद्यपी संक्रमित मेयर विजय आइसोलशेनमा रहेकाछन् ।
मेयर विजयले बिहीबार साँझ आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा रहेको जानकारी गराएका छन् । उनले नगरबासीलाई सम्बोधन गर्दै आफू उपचारपछि निको भएर पुनः समाजसेवामा फर्कने बताएका छन् ।
उनले लेखेको स्टासमा भनिएकोछ –‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।’ उनले अगाडी लेख्छन्, ‘कोरोना संक्रमणको लडाई जितेर पुनः तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।’
ट्राफिकसँग विवादपछि चालकले लगाएका थिए आफैलाई बसभित्र हुलेर आगो
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन