बाँके।नेपालगन्जबाट प्रहरीले फेरि लागुऔषध खैरो हिरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा बिक्री-वितरण गरिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा नेपालगन्ज वडा नं. १३ बस्ने ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी २५ वर्षीया श्रीमती पुजा लोनिया रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल १ थान र २ थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका दम्पतीलाई आवश्यक अनुसन्धान तथा कानुन बमोजिमको कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका सह-प्रवक्ता (प्रहरी नायव उपरीक्षक) जीवन निरौलाले जानकारी दिए।
हिजोमात्रै एकलैनीको एउटा घरमा छापा मारेर खैरो हिरोईनसहित दुई जना युवाहरूलाई पक्राउ गरेको थियो।
काठमाडौंमा घर भाडामा लिएर चिनियाँले बनाएका थिए सुन तस्करीको अड्डा
दसैंका लागि टिकट बुकिङ खुला
पार्टीभित्रको गुट भत्काउन सयम लाग्दोरहेछ: गगन थापा
नेपाली काँग्रेस १५औँ महाधिवेशन : भोट हाल्न ३८ मिनेट
ट्रम्प भन्छन्, ‘नोबेल शान्ति पुरस्कार मैले नै पाउनुपर्छ’
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व