नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ


सेतोखरी सेतोखरी   १२ मिनेट अगाडि
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ

बाँके।नेपालगन्जबाट प्रहरीले फेरि लागुऔषध खैरो हिरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ।  
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा बिक्री-वितरण गरिरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको हो।  
पक्राउ पर्नेहरूमा नेपालगन्ज वडा नं. १३ बस्ने ३० वर्षीय देशराज चौहान (लोनिया) र उनकी २५ वर्षीया श्रीमती पुजा लोनिया रहेका छन्।  
प्रहरीले उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल १ थान र २ थान मोबाइल बरामद गरेको छ।  
पक्राउ परेका दम्पतीलाई आवश्यक अनुसन्धान तथा कानुन बमोजिमको कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरका सह-प्रवक्ता (प्रहरी नायव उपरीक्षक) जीवन निरौलाले जानकारी दिए।
हिजोमात्रै एकलैनीको एउटा घरमा छापा मारेर खैरो हिरोईनसहित दुई जना युवाहरूलाई पक्राउ गरेको थियो।