मेरो बाबा


मेरो बाबा

आफ्नो आवश्यकता र ईच्छाहरुलाई पुरा गर्ने भन्दा सन्तानहरुको शिक्षामा जोड दिने, मेरो बाबा
सादा जीवन उच्च विचारलाई व्यवहारमा उतार्ने, मेरो बाबा

सेनाको जागीर भन्ने बित्तिकै विदा नपाउने र छोटो समयको लागि विदा पाए पनि सम्पूर्ण समय सन्तानप्रति माया, स्नेह र हेविचारमा कति पनि कन्जुसाईँ नगरी रमाई दिने मेरो बाबा

पाँच सन्तानहरुलाई हुर्काउने, खुवाउन, पियाउन र पढाउन त्यति सजिलो थिएन तर, आफ्नो जिम्मेवारी निस्वार्थ रुपमा निर्वाह गर्ने, मेरो बाबा
सम्झना छ आमा जस्तै सन्तानहरुलाई सफासुघर राख्ने, नुहाई दिने, खुवाई दिने, नङ्ग काटि दिने हुन्थ्यो मेरो प्यारो बाबा

पैसा भन्दा ईज्जत कमाउनु पर्छ र कसैलाई सहयोग आवश्यक परेमा सधैं अग्रसर हुने, मेरो बाबा
घर भन्दा शौचालय र घरजग्गा जोड्ने भन्दा सन्तानको शिक्षामा चिन्तन राख्ने, मेरो बाबा

Kids Festival 2022
kanti aarogya hospital
add

पाँच सन्तानहरुको लालनपालन र पोषणमा कुनै भेदभाव नगरी बराबरी माया र ख्याल दिने मेरो बाबा
कहिल्यै पनि ठूलो स्वरमा सन्तानलाई आवाज ननिकाल्ने मेरा बाबा, सन्तानको हजारौं गल्तीलाई पनि माफ दिई ज्ञानी र असल व्यक्ति बन्ने प्रेरणा दिने मेरो बाबा

सदैव भन्नु हुन्छ कसैको अगाडी झुकेर होईन शीर उठाएर बाँच्न सिक्नु पर्छ भन्ने मेरो असल बाबा
सधैं आफूलाई स्वस्थ्य राख्ने, सुहाउने सफा र ईस्त्री गरी लुगा लगाउने मेरो बाबा इन्डियन नायक धर्मेन्द्र हिरो भन्दा कम नदेखीने, मेरा बाबा

उमेरले बृद्धा अवस्थामा पुगे पनि, सन्तुलित खानपिन, नियमित रुपमा व्यामले अनुहार चम्किलो र फुर्तीलो देखिनु मेरो बाबा
सैनिक सेवामा रहदाँ पनि लेखन, कला र साहित्यमा अभिरुची राख्ने मेरो बाबा, आज पनि यसलाई निरन्तर कलम चलाई राख्नु हुने मेरो बाबा

बाबा हजुरको बारेमा जत्ति लेखे पनि कमै छ, सन्तानप्रति गरेको योगदान अतुल्निय छ, जुन जीवन भरी ऋणी हुनेछौं ।
छोरीको जात सधैं आमाबासंग बस्न नपाउने तर, हामी जहाँ भएनी बुवा प्रति आदार सम्मान र माया सदैब गाढा र जिवन्त भैइरहने छ, मेरो बाबा

सन्तानले हजुरको सपनाहरु कति पुरा ग¥यो गरेन थाहा छैन्, तर, म हजुरको सपनालाई पुरा गर्न हरदम प्रयासरत छु, बाबा ।
यो जुनीमा मात्र होईन, हरेक जुनीमा हजुर हाम्रो बाबा भैईरहनु होला । हामीलाई गर्व छ, हजुर हाम्रो बाबा हो भनेर ।

बाबाको सुख, शान्ति, समृद्धि, सु्–स्वास्थ्य र दीर्घ आयुको सदैब ईश्वरसंग प्रार्थना गर्दछौ ।
बुवाको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना छ, मेरो बाबाप्रति नमन !!!

-हेमलता जिसी (कुवँर), नेपालगन्ज (हाल बुढानिलकण्ठ, काठमाण्डौ)