नेपालगन्ज : लागुऔषध ब्राउन सुगरसहित नेपालगन्जकी सन्जनादेवी पटहरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध ब्यूरो नेपालगन्जको संयुक्त टोलीले जमुनाह नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित ती महिलालाई नियन्त्रणमा लिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –३ निवासी २८ वर्षिया पटहरलाई प्रहरीको संयुक्त टोलीले सोमबार राती ८ बजे सो परिमाणको ब्राउन सुगर बोकेर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट नेपाल प्रवेश गर्दै गर्दा जमुनाहबाट नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कायालय जमुनाहबाट कोरोना महामारीको बीचमा गरिएको लकडाउनको अवधिमा सबैभन्दा बढी परिमाणको लागू औषध ब्राउन सुगर नियन्त्रणमा लिएको ईन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरिले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले ५० ग्राम लागू औषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेकी पटहरमाथि आवश्यक अनुसन्धान सुरु भइरहेको बताए ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ