अबैध केराउसहित तीन जना पक्राउ


अबैध केराउसहित तीन जना पक्राउ

नेपालगन्ज : अबैध केराउ सहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले मंगलवार दिउँसो अवैध केराउसहित तीन जनालाई पक्राउ गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ३ सय ७५ किलोग्राम केराउ र ६ थान साइकल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।