नेपालगन्ज : अबैध केराउ सहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले मंगलवार दिउँसो अवैध केराउसहित तीन जनालाई पक्राउ गरेको हो ।
अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ३ सय ७५ किलोग्राम केराउ र ६ थान साइकल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।
सामाजिक सञ्जालमा बाँके एमालेको ‘निगरानी’ अशिष्ट टिप्पणी बुलेटिनमा छापिने
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ