नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा निषेधाज्ञा हटाउन माग


नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा निषेधाज्ञा हटाउन माग

नेपालगन्ज : कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि बाँके प्रशासनले साप्ताहिक दुई दिन लगाउदै आएको निषेधाज्ञा हटाउन माग गरिएकोछ ।

उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो ।

बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस नियन्त्रण गर्न लागू गरिएको आन्तरिक लकडाउन तथा निषेधाज्ञा आगामी असोज १ बाट पूर्णरुपमा हटाउन माग गरेका हुन् ।

‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले भने,–‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने जोडदार माग राख्छौ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै संघको बैठकले बाँकेमा हप्ताको दुई दिन शुक्रबार र शनिबार लगाउँदै आएको निषेधाज्ञाको विषयमा पुर्नविचार गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेलाई नेपालगन्ज उद्योग वाणिज्य संघ गरेकोछ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि बाँके प्रशासनले साप्ताहिक निषेधाज्ञाको पूर्वसन्ध्यामा संघको बैठकले यस्तो निर्णय गरेको हो ।

पछिल्लो पटक बाँकेमा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि बाँके प्रशासनले अपनाएको नयाँ रणनीतिलाई नै हटाउन संघले आग्रह गरेकोछ । हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गइसकेकोछ । भने मृतक मध्ये पाँच जना नेपालगन्ज उपमहानगरपालिकाका हुन् ।