४० लाखको लोभमा गाभरबाट रेड पाण्डाको छाला सहित ५ जना पक्राउ


४० लाखको लोभमा गाभरबाट रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित पाँच जनालाई पक्राउ गरेकोछ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर– १ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको खरिद विक्री हुन लागेको सूचनाका आधारमा आईतबार उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले डेनियल रेष्टूरेण्ट चेकजाँच गर्दा पक्राउ परेका ५ जना बसेको कोठाको खाट मुनि नग्रा, दात सहितको रेड पाण्डाको छाला एक थान फेला पारी बरामत गरि नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३२ का कृष्ण ओली, वडा नम्बर ९ वस्ने वर्ष २८ का ईन्द्र बहादुर नेपाली र सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ वस्ने वर्ष ३० का जय बहादुर कामी, सोही वडाका २५ वर्षिय गणेश विक, वडा नम्बर १२ वस्ने वर्ष ३६ का देव बहादुर बाँठालाई बाँके प्रहरीले पक्राउ गरेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने–‘ईन्द्र बहादुर नेपालीले उक्त बरामद रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंहबाट एक लाखमा खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकोछ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

‘एक लाखमा खरिद गरेको रेड पाण्डाको छाला ईन्द्रले कृष्ण ओलीलाई दिएको । कृष्ण ओलीले गणेश विकलाई दिएको । र गणेश विक लगायतले सुर्खेत छिन्चुबाट ४० लाखमा बिक्री गर्ने भन्दै बाँके ल्याएको खुल्न आएकोछ ।’ बाँकेका प्रहरी प्रमुख रानाले भने –‘ठूलो मात्राको रकम पाउने लोभमा जाजरकोटबाट सुर्खेत हुदै बाँकेको गाभर आइपुगेका उनीहरुलाई अन्ततः पक्राउ गर्न सफल भयौं । पक्राउ परेकालाई यतिबेला जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफ २६ (क) बमोजिमको १० लाखसम्म जरिवाना र ५ वर्ष देखी १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने ।’