विश्वव्यापीप्रविधि ब्राण्ड भिभो नेपालमा स्मार्टफोन ईनोभेशनको अर्को लहर सुरु गर्दै


विश्वव्यापीप्रविधि ब्राण्ड भिभो नेपालमा स्मार्टफोन ईनोभेशनको अर्को लहर सुरु गर्दै

नेपालगन्ज : ‘बेनफेन’शब्दको अर्थ चिनियाँ भाषामा राम्रो कामहरु गर्नु र राम्ररी गर्नु हो, जसले भिभोको राम्रोको लागी प्रविधि निर्माण गर्ने लक्ष्यलाई वर्णन गर्दछ । विश्व बजारमा नेतृत्वगर्दै आईरहेको स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो प्रयोगकर्ताहरुलाई उत्कृष्ट प्रविधि र अनुभव दिलाउने विश्वास राख्दछ र सधैं यी सिद्धान्तहरुमा काम गरको छ ।

नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष भन्दा कम समयमा, भिभोले स्मार्टफोन प्रविधिनिर्माणमा आफ्नो लागी राम्रो स्थान बनाउन सफल भएको छ । नेपालमा २०१७माप्रवेश गरेको बखत देखीभिभोले नेपाली युवाहरुको विकासशील जीवनशैली र बजेट प्राथमिकताहरुमा मध्यनजर राख्दै विभिन्न विशेषताका आफ्नो ३ विभिन्न सिरिज V, र स्मार्ट फोनहरु भित्राएको छ ।

यो छोटो अवधिमा, भिभो बजारमामात्र एक नयाँ ब्राण्ड देखी नेपालको उत्कृष्ट शीर्ष स्मार्टफोन ब्राण्डहरु मध्ये एक हुन सफल रहेको छ । हामीबिस्तारै विश्वसनीयता बढाउँदैछौ र बजारमा ग्राहकहरुको मनोकांक्षालाई बुझ्दैछौ । कुशल र सशक्त ग्राहक सेवा र वितरण नेटवर्कको साथ, हामी हाम्रो प्रयोगकर्ताहरुको लागी खरीद र बिक्री पछिको अनुभव सुधार गर्ने लक्ष्य राख्छौ । हाम्रो ध्यान बजारमा हाम्रो गाढा पद चिन्हहरु बनाउने र विश्वव्यापी प्रविधि र नवीनताको साथ ठूलो मात्रामा स्थानीयकृत प्रस्तावहरु प्रदानगर्ने हो ।

विश्वमै पहिलो

Kids Festival 2022
kanti aarogya hospital
add

भिभोले आफ्नो लागी ‘ईन्डस्ट्री–फस्र्ट’ नवीनताहरुको समृद्ध विरासत स्थापित गरेको छ । भिभोले आफ्नो प्राविधिकनवीनता फैलाएर र विश्वव्यापी ३० भन्दा बढी बजारहरुमा पुगी विश्वमा प्रभुत्व जमाउन सक्षम भएको छ । र कुनै समयमा, जब स्मार्ट फोनहरुमा सुरक्षा फिचरको रुपमा सेटको पछाडी फिंगरप्रिन्ट स्क्यानर हुने गर्दथ्यो, भिभो ले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ प्रविधिमाअग्रगामीगर्यो, जसले सुरक्षा विकल्पहरुमा सम्झौता नगरी देखिने फिंगर प्रिन्ट प्याड हटाई सेटको सहज डिजाईन सिर्जनाग¥यो ।

सबै भन्दा पहिले स्मार्टफोनमा समर्पित हाई–फाई क्वालिटी अडियो चिप राख्ने देखी विश्वको सबैभन्दा पातलो स्मार्टफोनको रेकर्ड तोड्ने भिभो, प्रविधिमा नवीनतम अनुभव पछ्याउँन प्रतिबद्ध छ ।

भिभो सधैं ब्राण्डको सुरुवात देखि नै यसको नवीन प्रविधिको लागी प्रशंसित रहेको छ । भिभो पहिलो ब्राण्ड थियो जसले विश्वको पहिलो 25MP फ्रन्ट क्यामेरा प्रस्तुतग¥यो जसले भिभोलाई चिनाउन मदतभयो जबकि,त्यो स्मार्टफोनहरुमा नयाँ आविष्कारहरुको शुरुवात मात्र थियो । साथै, नेपाली बजारमा भिभो पहिलो ब्राण्ड थियो जसले इन–डिस्प्ले फिंगर प्रिन्ट स्क्यानर र पप–अपक्यामेरा प्रस्तुत ग¥यो । यसले यस तथ्यलाई प्रमाणित गर्छ किन वीनता र विश्वलाई अग्रणी प्रविधि प्रस्तुत गर्ने मामलामा भिभो विश्वव्यापी अग्रज रहेको छ ।

प्रविधिउत्कृष्टता प्रदर्शन गर्दै

विगतका वर्षहरुमा, भिभोले नेपालमा निरन्तर ध्यान केन्द्रित गरिरहेको छ र परिणाम स्वरुप, आफ्नो शीर्ष खालको उत्पादन दायरा प्रस्तुत गरेको छ जसले देशका युवा समुदायबाट प्रतिक्रिया प्राप्त गरेको छ । नेपालमा ४२.८५ मिलियन मोबाईल कनेक्शनका साथ, जुनकुल जनसंख्याको १४८% बराबर रहेको छ, जीवन्त उपभोक्ताहरु सधैं आफ्नो स्मार्टफोनहरुमा आकर्षक शैली र नवीनताको पावर–प्याक्ड् मिश्रणको खोजीगर्दछन् ।

भिभो, एक युवा ब्राण्ड भएकोले पनि सधैं युवाहरु र विशेष गरीे स्मार्ट ग्याजेटहरुमा नवीनतमप्रविधि र सुविधाहरुको बारेमा रुचि राख्नेहरुका लागी आफ्नो उत्पादनहरु केन्द्रित गर्दछ ।

भिभोले सधैं ग्राहक केन्द्रित नवीनतामा विश्वास गरेको छ, जसको सार नेपाल बजारमा सुरु गरिएको तीनै सिरिजमा देख्न सकिन्छः V सिरिज, S सिरिज र Y सिरिज । V सिरिज, यसको अत्याधुनिक फोटोग्राफी V15 Pro र V17Pro मार्च २०१९ र सेप्टेम्बर २०१९ मा क्रमशः भित्राईएको थियो र AI क्यामेरा, बलियो ब्याट्री र सशक्त प्रदर्शनको लागी जबरजस्त प्रतिक्रिया प्राप्त गरेको थियो ।

जुलाई २०२० मा भित्राईएको V19 लाई यसको सुपर नाईट सेल्फी, अरा स्क्रिन लाईट र सुपर–वाईड–एन्गल् साथ डुअल फ्रन्ट 32MP+8MP क्यामेराको साथ AI भिडियो एडिटर् र आकर्षक 3D कर्भको लागी बजारका युवा फेशन प्रेमी उपभोक्ताहरुबाट सम्मान पाएको थियो ।

V17 र V15 भन्दापहिले भिभोद्वारा शुरु गरिएको अर्को निकै सफलमोडल V9 थियो (मार्च २०१८ मा शुरु गरिएको) जुन यसको शक्तिशाली प्रोसेसर र नवीन प्रविधिको लागी प्रशंसा गरिएको थियो ।

Y सिरिजमा, Y90 नेपालमा जुन २०१९ मा भित्राईएको थियो र वाँटर ड्रप–स्टाईल–नच्, 6.22-inch HD+ डिस्प्ले र Helio A22 SoC को कारण ठूलो सफलता पाएको थियो । उक्त Y सिरिजलाई यसको मूल्य निर्धारण र सुविधा सम्पन्न ह्याण्ड सेटहरुका लागी व्यापक रुपमा प्रशंसित गरिएको छ । 

S सिरिजका लागी, भिभोले जुलाई २०१९ र डिसेम्बर २०१९ मा बजारमा व्यापक सफल भिभो S1 र S1 Pro  बजारमा भित्रायो । भिभो S1 मुख्यतया स्टाईल–ड्रिभन थियो र प्रदर्शन र उपस्थितिमा पनि प्रतिष्ठित थियो । ग्राहकहरुले मन पराएका केही मुख्य पक्षहरु रियर ट्रिपल क्यामेरा, स्लिक डिजाईन र उत्कृष्ट प्रदर्शन थियो ।

स्थानीय प्रतिबद्धतालाई सृद्दढ गर्दै

स्थानीयकरण र आविष्कारलाई मुख्य प्राथमिकतामा राख्दैँ भिभो विश्वास गर्दछ कि नेपाल रणनीतिक हिसाबले महत्वपूर्ण बजार हो र त्यसैले उपभोक्ताहरुको मागलाई अँगाल्न स्थानीय मोबाईल बजारमाआफ्नो उपस्थितिलाई निरन्तरता दिईरहेको छ । नेपालमा स्मार्टफोनको प्रवेशमा ६०% पार गर्दै, भिभोले हालै IDC को ग्लोबल्ली मोबाईल फोन ट्रयाकर, Q1 2020 को अनुसार नेपालमा १२.३% को बजार सेयर पाईरहेको छ । भिभोका उत्पादनहरु अहिले देशभरिका १२००+ रिटेल स्टोरहरुमा उपल्ब्ध छन् ।

बजारमा सस्तो फोनहरुको उपलब्धताका कारण नेपालमा स्मार्टफोन प्रयोगकर्ताहरु ७.६% ले बढेका छन् । पहिले, नेपालमा स्मार्टफोन प्रवेश प्रत्येक वर्ष १०% बढ्ने गर्दथ्यो भने अहिले बर्षमा ५%मात्रै बढिरहेको छ ।

‘मेक ईन नेपाल’मा नेपाल सरकारको प्रयासलाई साथदिँदै यस कठिन समयमा भिभोले कर्मचारीहरु र खुद्रा विक्रेताहरुलाई निर्देशन दिदै, सशक्तिकरण गर्दै सँगै मिलि काम गरिरहेको छ ।

5G भविष्यको लागी तयार हुँदै

5G ले नेपाल बजारमा फिचर फोन–टु–स्मार्टफोन माईग्रेसन प्रक्रियालाई प्रभावकारी ढंगले विस्तार गर्नेमा भिभो विश्वास गर्दछ । हामी 5G अवसरको पूर्ण लाभ लिनको लागी तयार छौं र हालै ती तत्वहरुको निर्माणमा काम गर्दैछौं जुन भविष्यको 5G स्मार्ट फोनहरुको विकासको लागी महत्वपूर्ण हुनेछ, जसलाई हामीले ‘ईन्टेलिजेन्ट् फोन्स्’को संज्ञा दिएका छौं ।

एक अग्रणी विश्वव्यापी प्रविधि कम्पनीको रुपमा, भिभो सँधै दूरसंचार प्रविधि विकास र मानकीकरणको हिस्सा रहेको छ । मे २०२० सम्ममा, भिभोले २,००० भन्दा बढी छन् आविष्कार अनुमतिहरुका लागी निवेदन गरेको छ र ३,८०० भन्दा बढी 5G प्रस्तावहरु थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्ट (3GPP) को दूरसञ्चार मानक विकास संस्थाहरुलाई पेस गरी 3GPP को दश शीर्ष प्रभावशाली ब्रान्डहरुको सूचीमा रहेको छ ।

संचार उद्योगमा एक अग्रजको रुपमा, 5G प्रविधि अनुसन्धान र मानकीकरणको नेतृत्वगर्ने अग्रणी मोबाईल टर्मिनल कम्पनीहरु मध्ये भिभो एक हो ।

नवीनता, नयाँ सुरुवातगर्नु र उत्तम श्रेणीका उत्पादनहरु हुनु नै भिभोको तीनमन्त्रहरु हुन् जसको आधारमा सबै गतिविधि र विकासहरु गरिन्छ । विश्वव्यापी रुपमा, भिभोको उप ब्राण्ड iQOO ले iQOO Pro 5G भित्रायो, जसले भिभोलाई 5G तैयार स्मार्टफोन सुरु गर्ने पहिलो ब्राण्डहरु मध्ये एक बनायो । यस सँगै, भिभोले मल्टि–डिभाईस, मल्टि–एप्लिकेसन अफरहरु प्रदानगर्ने र आफ्नो ग्राहकहरुलाई थप जीवन्त र जडित अनुभव प्रदान गरि खुशी पार्ने उद्देश्य राख्दछ ।

एक नवीन–नेतृत्व रहेको भविष्य

आफ्नो ८०% भन्दा बढी कर्मचारीहरुलाई अनुसन्धान र विकासमा लगानी गर्दै, भिभोले आफ्नो मुल विश्वास उपभोक्ताका लागि नवीन हुनु दृढतापूर्वक राख्दछ र आफ्नो स्मार्ट फोनहरुमा विश्वको अग्रणी सुविधाहरु राख्नजारी राख्दछ । शुद्ध पूर्णताको खोजीमा भिभोले ५ उत्पादन आधारहरु र ९ अनुसन्धान तथा विकास केन्द्रहरु स्थापना गरेको छ जसले विश्वव्यापी रुपमा अग्रणी प्रविधिहरुमा काम गर्दै प्रिमियम गुणस्तरिय उत्पादनहरु प्रदान गर्दै आईरहेको छ ।

केही वर्षको अवधिमा, भिभो एक ‘निर्माता’ बाट ‘नवप्रवर्तक’ ब्राण्डमा विकास हुँदैछ जसको उत्तम स्मार्टफोन प्रविधि रहेको छ । नेपाली बजारमा साढे दुई वर्ष मात्र अघि प्रवेश गरेपनि, भिभो देशभरका आफ्नो ग्राहक समुदायहरुमा पुग्न र दुवै आकर्षक र नवीन उत्पादनहरु प्रदान गरी उनीहरुको माग पुरा गर्नमा विश्वस्त छ ।