ढाकाको कपडादेखि तानमा बुनेको सारी रारा मंगोलियन बुटिकमा


ढाकाको कपडादेखि तानमा बुनेको सारी रारा मंगोलियन बुटिकमा

कोहलपुर : कोरोना माहामारीकाबीच चाडबाडलाई लक्षित गर्दै बाँकेको कोहलपुरमा रारा मंगोलियन बुटिक सञ्चालनमा आएकोछ । बुटिकहरुको भीडमा फरक विशेषतासहितको सेवा लिएर खोलिएको रारा मंगोलियन बुटिक बिहीबारदेखि सञ्चालनमा ल्याइएकोछ ।

बुटिकमा ढाकाका कपडासगै तानले बुनेका साडी, विभिन्न जातजाति, धर्म, भेषभुषाका पोशाक, दुलाहदुलहीका पोशाक लगायतका लेडिज कपडाहरु पाइनुका साथै अर्डर अनुसारका डिजाईनमा कपडा तयार पारिने बुटिकका सञ्चालिका सुनिता राईले जानकारी दिइन् ।

उनका अनुसार बाँकेमै पहिलो पटक ढाकाको कपडा सगैं तानमा बुनिएको सारी विक्री वितरणमा ल्याइएकोछ । पछिल्लो समय तानमा बुनेका सारी तथा ढाकाका कपडाहरु प्रति सर्वसाधरणको मोह बढ्दै गएको बेला सोही मौका छोपी जिल्लामै पहिलोपटक यस्तो बुटिक सञ्चालनमा ल्याइएको सञ्चालिका राईले बताईन ।

रारा विजय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोहलपुरको सहकार्यमा कोहलपुरको न्यूरोडमा रारा मंगोलियन बुटिक एण्ड सेन्टर सञ्चालनमा आएको हो । यसमा कोहलपुरका सुनिता राई र निर्मला पुलामी मगरको संयुक्त लगानी रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

४० लाख लगानीमा सञ्चालनमा ल्याइएको उक्त बुटिकको आफ्नै कारखाना रहेकोछ । जसमा उपभोक्ताले अर्डर गरेअनुसारका कपडाका विभिन्न डिजाईन बनाइनुका साथै विभिन्न कल्चरल ड्रेस सुपथ मुल्यमा उपलब्ध गराइने अर्का सञ्चालिका निर्मला पुलामी मगरले जानकारी दिइन ।

कोहलपुरका समाजसेवी शेख बहादुर राई, शोभा राई तथा चण्डी प्रसाद गैरेले संयुक्तरुपमा बुटिकको औपचारिक उद्घाटन गरेका थिए ।

रारा विजय बहुउद्देश्यीय सहकारीले छोटो समयमा नै चर्चा पाउदै गएको छ । केहि समय अघि बैजनाथ गाउँपालिका ४ मा कृषि हाट बजार सञ्चालनमा ल्याएको रारा बहुउद्देश्यीय सहकारीले बचत गर्नु मात्र नभइ सहकारीले कृषि, व्यपार व्यवसाय लगायतमा लगानी गरि रोजगारको सिर्जना गरि आर्थिकरुपमा सक्षम बनाउने कार्य गरिरहेको सहकारीका प्रबन्ध निर्देशक दीपक राईले जानकारी दिए ।

उनले भने सहकारीले बचत गर्नु तथा ऋण उपलब्ध गराउन मात्र नभएर बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाई आर्थिक सामाजिकरुपमा सक्षम र बलियो बनाउनेतर्फ सहकारी लागेको बताए ।