हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा


हुन्डाई ग्राण्ड आई टेन नियोस अब नेपालमा

नेपालगन्ज : नेपालका लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहद्वारा सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्ष देखि बजारमा सब भन्दा मनपर्ने र प्रशंसा गरिएको कार मध्ये एक हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस कप्पा ड्यूल भीटिभीटि टेक्नोलोजीमा आधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पिएस / ६००० आरपीएम सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोसले ५–स्पीड म्यानुअल र स्मार्ट अटो एएमटी दुबै किसिमको ट्रान्समिसनमा उपलब्ध छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लोसी ब्ल्याक राडिएटर ग्रील, बुमेरेन्ज आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च एलो व्हील्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधन मात्र नभई स्मार्ट साधन पनि हो । एप्पल कार प्ले, एन्ड्रोइड अटो र वेस्ट ईन सेग्मेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०।२५सि।एम।) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ । सुरक्षित यात्राको निम्ती भने हुन्डाईले नियोसमा स्ट्रोन्ग बडी स्ट्रक्चर ६५ प्रतिशत (एएचएसएसं एचएसएस ) फ्रन्ट ड्युल एरब्यागस्, सेन्सर भएको रियर पार्किङ क्यामेरा, इबिडी का साथ एन्टी लक ब्रेक सिस्टम –एबीएस) र ड्राईभर रियर भ्यू मोनिटर प्रस्तुत गरेको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसले नेपाली बजारमा आफनो छुटै पहिचान कायम गरि सफलतापूर्वक ग्राहकहरुको मन जित्नेमा कम्पनी विश्वस्त रहेको प्रेस विज्ञाती मार्फत जनाइएको छ । यो गाडीको सुरुवाती मूल्य रु ३०, ९६, ००० कायम गरिएको छ ।

लक्ष्मी इन्टर कन्टीनेन्टल प्रालिले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटो मोवाईल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विस्वास जित्न सफल भएको छ ।