मोरङ : प्रदेश नं १ को प्रदेश पाश्र्वचित्र सार्वजनिक गरिएको छ । प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासन लगायतका विषयवस्तुको विभिन्न स्रोतबाट प्रकाशित तथ्याङ्कलाई सो पुस्तकभित्र समावेश गरिएको छ ।
यसैगरी प्रदेशको आधारभूत सूचनाको एकीकृत वस्तुस्थिति विवरण तयार पार्नु, नेपालको विभिन्न सूचकको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्नु र प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक आधारभूत सूचना उपलब्ध गराउनु पुस्तकको ध्येय रहेको छ ।
मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको उपलक्ष्यमा प्रदेश सरकार र प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘प्रदेश पाश्र्वचित्र तथा वार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०७७र७८’ नामक पुस्तक सार्वजनिक गर्दै प्रदेश सरकार जनताले चाहेको विकास र समृद्धि पस्कन सक्षम रहेको बताए । प्रदेश निर्माण भएको अवधिदेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशातर्फ अगाडि बढेको तथ्याङ्कले प्रस्ट पारेको उनले जानकारी दिए ।
उनले पाश्र्वचित्रले प्रदेश सरकारले आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माण गर्न तथा विकास र समृद्धिको सूची तयार गर्न सही मार्गदर्शन प्राप्त भएको विचार व्यक्त गरे । मुख्यमन्त्री राईले केही दिन भित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका उपलब्धि जनतासमक्ष सार्वजनिक गर्ने जानकारी दिए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले यथार्थताको धरातलमा उभिएर पाश्र्वचित्र तयार गर्न आयोगका सम्पूर्ण कर्मचारीको योगदान रहेको चर्चा गरे । आयोगका सदस्य पूर्ण लोक्सोमले पाश्र्वचित्रका बारेमा जानकारी दिँदै सोचमा नवीनता र कार्यमा जिम्मेवारिता बहन गर्न पाश्र्वचित्र महत्वपूर्ण हुने जानकारी दिए । -रासस
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?