अत्याधुनिक सुविधा सहित बजारमा आयो नयाँ क्रेटा


अत्याधुनिक सुविधा सहित बजारमा आयो नयाँ क्रेटा

काठमाडौं :  हुण्डाई मोर्टसको एक मात्र नेपाली आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वहुप्रतिक्षित ‘नयाँ क्रेटा–दि अल्टिमेट एसयूभी’ नेपाली बजारमा भित्र्याएको छ ।

दसैंतिहारको मुखमा लक्ष्मी हुण्डाईले डिजिटल प्लेट्फर्म मार्फत नयाँ क्रेटा सार्वजनिक गरेको हो ।

कम्पनीका महा–प्रबन्धक रूपेश शर्मा भट्टले नेपालमा पाँच हजारभन्दा अधिक माझ क्रेटाको कार रहेको जानकारी दिँदै क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने गरी दि अल्टिमेट एसयूभी ल्याइएको बताए ।

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एसयूभीलाई चिरपरिचित नाम बनाएको उनले बताए । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एसयूभी बनाएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा ’सेन्सस् स्पोर्टनेस’ सँगै एसयूभिको अगाडिको भागमा तीन डाइमेन्सनल क्यासकेडिक ग्रिलमा ठाडो र तेर्सो आकारका साथै स्कल्पटेड बम्पर छ ।

 

बुमर्याङ आकारको एइडी डीआरएलको एलइडी  हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फगल्याम्पका साथै वेलकम फङ्सन यसमा छ। 

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ। यो १५ सय सीसी डिजल र पेट्रोलमा उपलब्ध छ। 

S.N

Variant

Price (NRS)

1

Creta 1.5 EX Petrol

48,96,000/-

2

Creta 1.5 S Petrol

52,96,000/-

3

Creta1.5 SX Petrol

59,96,000/-

4

Creta 1.5 SX CVT Petrol

65,96,000/-

5

Creta1.5 E Diesel

43,96,000/-

6

Creta1.5 S Diesel

54,96,000/-