नेपालीलाई कोरोना भन्दा भारतमा काम प्यारो


नेपालीलाई कोरोना भन्दा भारतमा काम प्यारो

नेपाल–भारत सीमानाका जमुनाहमा कामका लागि भारत जान पालो पर्खेका नेपाली । तस्विर : विजय मल्ल/ सेतोखरी

नेपालगन्ज : कोरोना भाइरस संक्रमणसगैं नेपाल आएका नेपाली भारत जान थालेकाछन् । गत भाद्र १५ गतेदेखि कामका लागि भारत जाने नेपालीको पछिल्लो समय नेपाल–भारत सीमानाका जमुनाहमा लर्को लाग्ने गरेकोछ ।

कोरोना भाइरस संक्रमणकै बेला कामका लागि दैनिक सरदर दुई सय ५० जना नेपाली भारत जाने गरेको ईलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले जानकारी दिए । उनका अनुसार गत भाद्र १५ भाद्रदेखि असोज दोस्रो सातासम्म झण्डै २२ हजार नेपाली कामका लागि भारत प्रवेश गरेका छन् । 

‘दैनिक सरदर दुई सय ५० जना नेपाली कामका लागि भारत जाने गरेकाछन् । भारतीय आधार कार्ड भएका नेपाली तथा भारतीय नागरिकलाई मात्र भारत जान दिएको उनले बताए ।

ईलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक गिरीका अनुसार नेपालगन्ज नाका भएर हालसम्म भारतबाट ७६ हजार ४८ नेपाली भित्रिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोनाका कारण राज्यले लकडाउन गरेदेखि भाद्र मसान्तसम्म नेपालगन्ज नाका भएर ७६ हजार ४८ जना नेपाली स्वदेश फर्किएको उनले जानकारी दिए ।

उनका अनुसार लकडाउन भएदेखि भाद्र मसान्तसम्म झण्डै ४० हजार भारतीय स्वदेश फर्किएकाछन् । भारतीय आधार कार्ड भएकालाई स्वदेश फर्किन दिएको बताउँदै उनले नेपाली नागरिकता भएकालाई नेपाल प्रवेश गर्न दिइएको बताए ।

कोरोनाको संक्रमण बढेपछि मरे आफ्नै देशमा मरौँला भनेर फर्किएकाहरु लकडाउन खुलेपछि भारत कामका लागि जान थालेको उनले स्पष्ट पारे । ‘नेपालमा काम नपाएर खान लाउन समस्या भएपछि कोरोनाको डरले फर्किएका नेपाली पुनः भारत जान थालेका हुन्,’ उनले भने ।

उनका अनुसार दिनहुँ औषधि उपचार, औषधि खरिद, अन्तिम संस्कार, विरामी भेटघाट गर्न दुवै देशका नागरिकलाई आउजाउमा केहि छुट गरिएको बताए । नेपालमा कतिपयले वडा कार्यालयको सिफारिस र परिचय पत्र राखेर केहि समयका लागि नेपाल–भारत आउजाउ गर्न सहजता दिइएको उनले बताए ।

नेपालगन्ज नाकामा कडाई गरिएपछि आधार कार्ड नभएकाहरु कैलालीको त्रिनगर (गौरीफन्टा) नाका भएर जाने गरेका छन् । उक्त नाकामा आधार कार्ड नभए पनि नेपाली नागरिकता देखाउनेलाई भारतीय सुरक्षाकर्मीले जान दिएको छ । भारत जान सहज भएपछि आधार कार्ड नभएकाहरु नेपाली नागरिकता देखाउँदै सोही नाकाबाट भारत प्रवेश गर्न थालेपछि नेपालगन्जभन्दा उता भीडभाड हुने गरेको छ ।

यतिबेला प्रदेश पाँचका बाँके, बर्दिया, दाङ र रुकुम पूर्व तथा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, सल्यान, रुकुम पश्चिम र अछाम लगायतका जिल्लाबाट नेपाली कामका लागि भारत जाने गरेको ईलाका प्रहरी कार्यालय, जमुनहाको तथ्यांकले देखाएकोछ ।