नेपालगन्ज : दाङ प्रहरीले अफिमसहित दुईजनालाई पक्राउ गरेकोछ । दाङ तुलसीपुर गुम्राह चोकबाट गएराती ५ किलो अफिम सहित दुईजनालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएकोछ ।
ठूलो मात्रामा अफिमको कारोबार हुन लागेको गोप्य सूचना पाएको दाङ प्रहरीको विशेष टोलीले रोल्पाको थवाङ घर भई हाल तुलसीपुर बस्दै आउका ४६ वर्षिय कर्म बुढा र उनकी श्रीमती ४५ वर्षिया राजकुमारी बुढालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दका अनुसार ठूलो मात्रामा अफिम रोल्पाबाट दाङ ल्याउन लागेको विशेष सूचनाको आधारमा उनीहरुलाइ अफिमसहित पक्राउ गरिएको बताए ।
एसपी चन्दका अनुसार पक्राउ परेका बुढा दम्पतिलाई यतिबेला जिल्ला प्रहरी कार्यालय दाङ राखि आवश्यक कारबाही अगाडी बढाईको छ । केही दिनअघि बाँके प्रहरीले बाँकेको कुसुमबाट १० किलो अफिम सहित दुईजनालाई पक्राउ गरेको थियो ।
नेपालमा उत्पादित अफिम भारत लगायत तेस्रो मुलुकमा निर्यात हुने गरेकोछ । ब्राउनसुगर बनाउन प्रयोग गरिने अफिमको मूल्य निश्चित नहुने र त्यसको गुणस्तरता एवम लागत अनुसार मूल्य निर्धारण हुने गरेको प्रहरीले जनाएकोछ ।
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद