नेपाली सेनाद्वारा बेवारिसे भेटिएको सकेट बम निष्कृय


नेपाली सेनाद्वारा बेवारिसे भेटिएको सकेट बम निष्कृय

File Photo

नेपालगन्ज : नेपाली सेनाले झाडीमा भेटिएको सकेट बम निष्कृय पारेकोछ । दाङको घोराहीमा भेटिएको उक्त बेवारिसे सकेट बमलाई नेपाली सेनाले निष्क्रिय पारेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकैको झाडीमा बेबारिसे अवस्थामा मङगलबार सकेट बम भेटिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीयले बम देखेपछि नेपाली सेनालाई खबर गरेका थिए । रिपुमर्दन गणका सह–सेनानी रामबहादुर थापाको कमाण्डमा खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बमलाई निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोछ ।

दाङ प्रहरीका अनुसार सेनाको व्यारेक नजिकैबाट वडा नम्बर–१८ को फुर्सेखाली जान बनाइएको गोरेटो बाटो छेउको झाडीमा सकेट बम भेटिएको थियो । उक्त बम द्वन्द्वको समयमा व्यारेक आक्रमणका बेला बम छोडिएको हुनसक्ने प्रहरीले बताएको छ ।