File Photo
नेपालगन्ज : नेपाली सेनाले झाडीमा भेटिएको सकेट बम निष्कृय पारेकोछ । दाङको घोराहीमा भेटिएको उक्त बेवारिसे सकेट बमलाई नेपाली सेनाले निष्क्रिय पारेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकैको झाडीमा बेबारिसे अवस्थामा मङगलबार सकेट बम भेटिएको थियो ।
स्थानीयले बम देखेपछि नेपाली सेनालाई खबर गरेका थिए । रिपुमर्दन गणका सह–सेनानी रामबहादुर थापाको कमाण्डमा खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बमलाई निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोछ ।
दाङ प्रहरीका अनुसार सेनाको व्यारेक नजिकैबाट वडा नम्बर–१८ को फुर्सेखाली जान बनाइएको गोरेटो बाटो छेउको झाडीमा सकेट बम भेटिएको थियो । उक्त बम द्वन्द्वको समयमा व्यारेक आक्रमणका बेला बम छोडिएको हुनसक्ने प्रहरीले बताएको छ ।
‘जेनजी विद्रोहको भावना पूरा नभए दुई तिहाइ सरकार फेरि पनि टिक्दैन’
यो सरकार जेनजीको भावना होइन, ‘हाइज्याक’ गरिएको हो: शंकर पोखरेल
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद