टाटाको गाडी खरिदमा सानिमा बैंकले सहुलियत ऋण दिने


टाटाको गाडी खरिदमा सानिमा बैंकले सहुलियत ऋण दिने

नेपालगन्ज : टाटाका कमर्सियल भेहिकल किन्न चाहने उद्यमी वा संस्थाहरुलाई सानिमा बैंकले ऋण दिने भएको छ । बैंकका अनुसार यस्तो कर्जा देशैभरि जुनसुकै शाखामार्फत पनि प्राप्त गर्न सकिनेछ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र सानिमा बैंकबीच सहुलियत ऋण सम्बन्धी सम्झौता भएपछि यो सुविधा ग्राहकले पाउने भएकाछन् ।

टाटाका गाडी किन्न चाहने उद्यमी र संस्थाहरुलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रही कर्जा प्रदान गर्ने बारेको सम्झौतामा सिप्रदीका उपाध्यक्ष शौरभराज थपलिया र सानिमा बैंकका एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले हस्ताक्षर गरेकाछन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि २०७५ को अधीनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने बैंकले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा छन् । यो सुविधा सिप्रदी ट्रेडिङका देशभरी रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुने विज्ञप्तिमा जनाइएको छ ।