नेपालगन्ज : दसैँ–तिहार विशेष पर्वोत्सव योजना अन्तर्गत सुजुकीले गाडी खरिद–विक्रीमा २० प्रतिशत डाउन पेमेन्टदेखि अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म नगद छुटको योजना अघि सारेको छ ।
यो योजना अन्तर्गत सुजुकीको गाडी खरिद गर्ने ग्राहकले अधिकतम २० प्रतिशत डाउन पेमेन्ट (क्यास)मै गाडी खरिद गर्न सक्नेछन् भने अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म छुट पाउने छन् ।
साथै सोही उपहार योजना अनुसार कुनै ग्राहकले पुरानो गाडीसँग नयाँ गाडी साट्न चाहेमा २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनससमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।