नेपालगन्ज : दशैंतिहार योजना अन्र्तगत किया मोटर्सले ‘बिगेस्ट सरप्राइज अफ द इयर’ स्किम योजना ल्याएको छ ।
किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले दसैँ–तिहार विषेश अफर अन्तर्गत बिगेस्ट क्यास डिस्काउन्ट अफर ल्याएको हो ।
सो योजना अन्तर्गत किया स्पोर्टेज र सेल्टोस एसयुभी खरिद गर्ने ग्राहकले गाडी खरिदमा अधिकतम ४ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । यसको अतिरिक्त एक वर्षको बिमा बापतको रकम र सडक करसमेत आफैले तिरिदिने कम्पनीले जनाएको छ ।