टाटाको गाडी किन्दा ४ लाख छुट, एक्सचेन्जमा ५० हजार बोनस


टाटाको गाडी किन्दा ४ लाख छुट, एक्सचेन्जमा ५० हजार बोनस

नेपालगन्ज : टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दसैँ–तिहार विषेश उपहार योजना अन्तर्गत ४ लाख रुपैयाँ नगद छुटको स्किम ल्याएको छ ।

यस योजना अन्तर्गत टाटाका विभिन्न मोडलका कारमा ४ लाख रुपैयाँसम्म नगद छुट प्रदान गरिने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज अफरमा पुरानो कारको मूल्यांकन सहित थप ५० हजार एक्सचेन्ज बोनससमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसको अलबा टाटा मोटर्सले प्रत्येक कारमा एक वर्षको सडक कर निःशुल्कका गर्नुका साथै प्रत्येक पुरानो कारको मूल्यांकनमा सरप्राइज गिफ्ट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।