नेपालगन्ज : नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकहरु माझ ‘यसपालीको दसैं तिहार वेलकम टु हुण्डाई परिवार’ योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत हुण्डाईका ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् भने बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई अउरा एउटा र हुण्डाई ग्राण्ड आई १० नियोस एउटा जित्न सक्नेछन् ।
त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बिमासमेत पाउने कम्पनीले जनाएको छ । यो योजना असोज ५ देखि प्रारम्भ भएर आगामी मंसिर ५ गतेसम्म लागु हुने कम्पनीले बताएको छ ।