फ्रन्टलाइनमा रहेर सेवा प्रदान गर्नेहरुकाका लागि स्याङयोङको छुट योजना


फ्रन्टलाइनमा रहेर सेवा प्रदान गर्नेहरुकाका लागि स्याङयोङको छुट योजना

नेपालगन्ज : कोरियन ब्राण्ड स्याङयोङले दसैँ–तिहार विषेश अफरमा ग्राहकहरुलाई नगद छुटको अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ‘कोरियन लक्जरी एसयूभी एक्सएलभी’ को जुनकुनै गाडी खरिदमा ग्राहकलाई तीन लाख रुपैयाँ नगद छुट प्रदान गरिने स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवं आईएमएस मोटर्सले जनाएको छ ।

साथै कम्पनीले पुराना गाडी टिभोली अथवा एक्सएलभीसँग एक्सचेन्जमा दुई लाख रुपैयाँ एक्सचेन्ज बोनससमेत प्राप्त गर्ने जनाएको छ ।

यी बाहेक स्याङयोङका ग्राहकले एक वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निःशुल्क एसेसरिज र सात वर्ष सजिलो फाइनान्स पनि प्राप्त गर्न सक्ने सुविधा छ । साथै, तीन वर्ष वारेन्टी, निःशुल्क सर्भिसिङ (४ पटक वा रिफरल ग्राहकको लागि १ वर्षसम्म) छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोभिड–१९ विषेश डाक्टर, नर्स, स्वास्थ्य सेवाकर्मी तथा प्रहरी लगायत फ्रन्टलाइनमा रहेर सेवा प्रदान गर्नेहरुका लागि कम्पनीले तोेकेको नगद छुटमा थप एक लाख छुट दिइनेसमेत कम्पनीले जनाएको छ ।