नेपालगन्जमा ‘नाथम’ स्थापनाले उत्साह, उपमहानगरपालिकाले पूर्वाधार निर्माणदेखि जग्गा दिने : मेयर डाक्टर राणा


नेपालगन्जमा ‘नाथम’ स्थापनाले उत्साह, उपमहानगरपालिकाले पूर्वाधार निर्माणदेखि जग्गा दिने : मेयर डाक्टर राणा

नेपालगन्ज : आन्तरिक तथा बाह्र पर्यटनको प्रचुर सम्भावना बोकेको पश्चिम नेपाललाई लक्षित गर्दै नेपालगन्जमा पहिलोपटक पर्यटन र होटल व्यवस्थापन सम्बन्धि पढाई हुने सरकारी प्रतिष्ठान (नाथम) स्थापना गरिएकोछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नेपालगन्जमा कलेज खोलेपछि हस्पिटालिटी र पर्यटन क्षेत्रका सरोकारावाल निकायका अगुवाहरु उत्साहित भएका हुन् । नेपालगन्जममा नाथम स्थापना भएसगैं स्वदेशमै दक्ष जनशक्ति उत्पादनमा प्रतिष्ठान अब्बल सावित हुने उनीहरुको बुझाई छ ।

संघीयतासगैं नेपालगन्जमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयहरु अन्यत्र सार्ने काम भइरहेका बेला पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी उच्च शिक्षा पढाई हुुने त्रिभुवन बिश्व बिद्यालयबाट मान्यता प्राप्त कलेज नेपालगन्जमै खुल्ने भएपछि यसक्षेत्रमा नयाँ सम्भावनाको बाटो खुला भएको सम्बद्ध सरोकारवालाको भनाइ रहेकोछ ।

नाथम स्थापना भएसगैं नेपालगन्जमा प्रतिष्ठानका कर्मचारी र सम्बद्ध सरोकारवाला निकायबीच भएको छलफलमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले प्रतिष्ठानले पश्चिमकै उत्कृष्ट जनशक्ति उत्पादन गर्ने बिश्वास व्यक्त गर्दै कलेजको पूर्वाधार निर्माणदेखि जग्गा दिन समेत तयार रहेको बताए । मेयर राणा सकारात्मक भएपछि नेपालगन्जमा प्रतिष्ठानको कलेज खुलेको हो ।

कार्यक्रममा बोल्दै नेकपाका नेता रत्न खत्री, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्रतिष्ठानका नेपालगन्ज प्रमुख बिपिन नेपालले होटल र पर्यटन क्षेत्रको जनशक्ति उत्पादनमा नेपालगन्ज हब बन्ने बिश्वास व्यक्त गरे ।

पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान खोल्ने योजना अनुसार कलेज खोल्न लागिएको हो । परिस्थिती अनुकुल भए चाँडै पढाई शुरु गर्ने लक्ष्य समेत लिएको प्रतिष्ठानका नेपालगन्ज प्रमुख बिपिन नेपालले बताए ।

उनका अनुसार नेपालगन्जमा खुल्ने कलेजका लागि नेपालगन्ज उपमहानगरपालिकाले भवनको व्यवस्थापनको निर्णय गरेको छ । पर्यटन, होटल ब्यवस्थापन तथा हस्पिटालिटी सम्बन्धि अध्यापन गराउन यसअघि नेपालगन्जमै निजी क्षेत्रबाट थालनी भइसकेकोछ । पछिल्लो समय एसईई तथा प्रविणता प्रमाणपत्र पास गरेका विद्यार्थीका लागि आर्कषक गन्तब्य बन्दै गएको पर्यटन तथा हस्पिटालिटीको क्षेत्रमै प्रतिष्ठानको कलेजले थप सहज बनाउने सरोकारवालाको बुझाई छ ।

सीपअनुसार रोजगारीको सुनिश्चितता हुने प्राविधिकधारतर्फको यो विषय केही समय अघि अध्ययन गर्न पोखरा, काठमाण्डौंमा गएर अध्ययन गर्नुपर्ने बाध्यता रहदाँ निम्न वर्गीय परिवारका विद्यार्थी बञ्चित हुने गरेका थिए ।