यसपालिको दसैंमा नयाँ नोट नपाइने


यसपालिको दसैंमा नयाँ नोट नपाइने

File Photo

नेपालगन्ज : नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । कोभिड– १९ को बढ्दो संक्रमणका कारण जोखिमसमेत बढेकाले यसपटक दसैंमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको योजना रहेकोछ ।

राष्ट्र बैंकले यस्तो अवस्थामा नयाँ नोट वितरण गर्दा भिड हुने र त्यसले कोरोना संक्रमणको जोखिम बढाउने भएकाले नयाँ नोट वितरण नगर्ने निर्णयमा पुगेको हो । राष्ट्र बैंकले नयाँ नोट वितरण सम्बन्धिको सूचना यही साता सार्वजनिक गर्ने जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसबीच राष्ट्र बैंककै डेपुटी गभर्नरसहित विभिन्न विभागका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका छन् ।