हिरो मोटरसाईकलमा ५ हजार पक्का छुटः १ लाखको बम्पर उपहार


हिरो मोटरसाईकलमा ५ हजार पक्का छुटः १ लाखको बम्पर उपहार

नेपालगन्ज : नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ उपहार योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीले ५ हजार नगद छुटसहित १ लाख रूपैयाँको बम्पर उपहार योजना अघि सारको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस योजनाअन्तर्गत हिरोका कुनै पनि मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार रूपैयाँ पक्का डिस्काउन्टसहित स्क्र्याच कार्डमार्फत १ लाख रूपैयाँसम्म पाउन सक्ने छन् भने बम्पर लक्की ड्रमार्फत एक जनाले १ लाख रूपैयाँ नगद जित्न सक्ने छन् ।

साथै हिरोका ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमै फाइन्यान्सिङ सुविधासमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।